back

जिफन्टले श्रमिकका लागि १ करोडको कोष स्थापना गर्ने

काठमाण्डौं । नेपाल टे«ड युनियन महासंघ जिफन्ट र यसको युनियन अञ्च्ल कमिटीका बीच श्रमिकका लागि रु १ करोडको कोष स्थापना गर्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोछ ।

सो कोषमा २६४ वटा कमिटीबाट २५ हजारका दरले रकम राख्ने भएका छन् भने महासंघबाट ५० लाख गरी १ करोडको कोष स्थापनाका लागि नियमावली बनाउने निर्णय भएको छ ।

कार्यक्रममा जिफन्टका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि बिष्णु रिमालले एक्यवद्धता कोष संचालन विधि सम्बन्धी जानकारी दिएका थिए । त्यस्तै कोषले जोखिम रोग लागेकालाई के कतिसम्म सहयोग गर्ने भन्ने विषयमा पनि जानकारी गराइर्एको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा, क्युपेकका अध्यक्ष नरनाथ लुइँटेल, लुम्बिनी अध्यक्ष हरि कार्की, महासचिव सुमन पराजुली, यातायात केन्द्रीय उपाध्यक्ष अर्जुन अर्याल, माहासचिब भिम राई, जुगकाटे महासचिब अर्जुन अधिकारी, कोशी अध्यक्ष किशोर धमला, समग्रका कृष्ण रिमाल, नेस्वहोमयुका महासचिब दिपक सापकोटा, फापुन उपाध्यक्ष भैरब पाठक, अटो माहासचिब तुलशी ढकाल, स्वोरोजगार युनियनका अध्यक्ष कुमार सापकोटा लगातको उपस्थिति रहेको थियो ।

GEFONT

वक्ताहरुले कार्यक्रममा क्यासर, मुटु रोग, मृगौला, दुर्घटनामा ५० हजारसम्म सहयोग गर्न सुझाव दिएका थिए । कोष संचालन गर्ने कार्य विधि जिफन्ट बिदेश बिभाग सचिब रमेश बडाल ले प्रस्तुत गरेका थिए । कार्यक्रममा जिफन्टका महासचिब बिष्णु लम्साल, जिफन्ट उपाध्यक्ष हरिदत जोशी, जिफन्ट उपाध्यक्ष बिदुर कार्कीले कार्यक्रम प्रस्तुत गरेका थिए ।

२ बैशाख २०७३, १.००

वि.सं.२०७३ वैशाख २ बिहीवार १४:०९ मा प्रकाशित

You can share this post!

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०९

काठमाडौँ, ४ असोज : आन्दोलनरत शिक्षकको मागको विषयमा अहिले गृह...

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार २१:०५

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्ध...

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०१

काठमाडौँ, ४ असोज : नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

वि.सं.२०८० असोज ४ बिहीवार २०:५५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका...

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

वि.सं.२०८० असोज ४ बिहीवार २०:५०

काठमाडौँ, ४ असोज : वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको...

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४४

दमक (झापा) ४ असोज : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...