
कावासोती । नवलपरासीको धौवादी–३ पोखरीस्थित फलामखानीको उत्खनन सरकार आफैँले गर्ने उद्योग मन्त्री सोमप्रसाद पाण्डेले बताएका छन्। खानी तथा भूगर्भ विभागको टोलीसहित हिजो शनिबार खानी क्षेत्र पुगेका मन्त्री पाण्डेले सरकार आफैँले फलामको उत्खनन गर्ने बताएका हुन्।
मन्त्रालयले सम्भावना भएका खानी, पेट्रोलियम पदार्थको अन्वेशण गरिरहेको छ अब विकासको गति बढ्छ मन्त्री पाण्डेले भने– ‘धौवादीको फलाम खानी कुनै निजी क्षेत्रलाई दिइँदैन।’
उत्खनन हुने बेलासम्म कामलाई निरन्तरता दिन्छौँ उनले भने– ‘पैसाका कारणले वर्षमा एक महिना काम गरेर रोक्ने काम हुँदैन, अन्तिम अवस्था नआउँदासम्म निरन्तर काम हुन्छ।’ पूर्वमा नाम्जाकोट पश्चिममा धौवादी र उत्तरमा ल्हापे र दक्षिणमा रुम्सीसम्म फलामखानीको क्षेत्र रहेको छ ।
५ बैशाख २०७३, ८.००
वि.सं.२०७३ वैशाख ५ आइतवार १२:०४ मा प्रकाशित