back

५५ प्रतिशत हकप्रद सेयर जारी हुँदै !

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेशनलले बैशाखभित्रै हकप्रद सेयर जारि गर्ने भएको छ । बैंकले चुक्ता पुँजीको ५५ प्रतिशत हकप्रद सेयर जारि गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तभित्र बाणिज्य बैंकहरुको चुक्ता पुँजी आठ अर्ब पुर्‍याउनु पर्ने नीति अनुसार हकप्रद जारि गरेर पुँजी बढाउन लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भन्डारीले जानकारी दिए ।

बैंकले हकप्रद सेयर जारी गर्न सञ्चालक तथा आधारभुत सेयरधनीबाट जम्मा गर्नु पर्ने रकमका लागि पत्रचार गरिसकेको जानकारी दिएको छ ।

बैंकले नेशनल इन्भेष्टमेन्ट एन्ड क्यापिटल मार्केटको सेयरमा कुल ६ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ । लगानीसँगै बैंकको सहायक कम्पनीका रुपमा सिबिआइएल क्यापिटल लिमिटेडको नामबाट गत फागुनबाट कारोबार सुरु भइसकेको छ ।

बैंकका देशभर ५६ शाखा छन्, जुन प्रस्तावित सात वटै प्रदेशहरुमा फैलिएको छ । एक नम्बर प्रदेशमा सात वटा, दुई नम्बरमा ६ वटा, तीन नम्बरमा २७ वटा, चार नम्बरमा तीन वटा, पाँच नम्बरमा पाँच वटा, ६ नम्बरमा पाँच वटा र सात नम्बर प्रदेशमा तीन वटा छन् । बैंकका ८९ वटा शाखारहित बैंकिङ सेवा पनि सञ्चालनमा छन् ।

७ बैशाख २०७२, ११।००

वि.सं.२०७३ वैशाख ७ मंगलवार १४:२८ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...