
काठमाण्डौं । माओवादी पार्टीहरुबीच जनयुद्धकालीन मुद्दाका विषयमा एक भएर अघि बढ्ने सहमति भएको छ। हिजो बुधबार एकीकृत नेकपा माओवादीको मुख्यालय पेरिसडाँडामा भएको पाँच राजनीतिक दलको बैठकले जनयुद्धका मुद्दा न्यायालयले उल्ट्याउन थालेको निष्कर्ष निकाल्दै ती विषयमा एक भएर अघि बढ्ने सहमति भएको हो।
द्वन्द्वकालमा बेपत्ता पार्नेलाई समेत सजायको दायरामा ल्याउने गरी सरकारले व्यक्ति बेपत्ता सम्बन्धी भूतप्रभावी कानुनको मस्यौदा तयार पारेपछि उनीहरु यसका बिरुद्ध एक भएका हुन् ।
बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण र सचिव देव गुरुङ, नेकपा माओवादीका संयोजक मातृका यादव, क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापा, नयाँ शक्ति नेपालबाट नेतृ हिसिला यमी सहभागी थिए। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका तर्फबाट भने कसैको सहभागिता थिएन।
९ बैशाख २०७३, ८।००
वि.सं.२०७३ वैशाख ९ बिहीवार ११:२३ मा प्रकाशित