
काठमाण्डौं । गत बर्षको नाफाबाट वोनस सेयर वितरण गरेका तीन कम्पनीले आफ्नो सेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत गराएका छन् । एभरेष्ट फाइनान्स, टुरिज्जम डेभलपमेन्ट बैंक र सहयोगी विकास बैंकको सेयर सुचिकृत भएको हो ।
तीन बैंकको कुल १८ लाख १८ हजार ४३० कित्ता वोनस सेयर सुचिकृत भएका हुन् । बिहीबार सबैभन्दा वढि टुरिज्जम डेभलपमेन्ट बैंकको १० लाख ८५ हजार ४४० कित्ता सेयर सुचिकृत भएको छ ।
एभरेष्ट फाइनान्सको एक लाख ६८ हजार ८८३ र सहयोगी विकास बैंक पाँच लाख ६४ हजार १०७ कित्ता सेयर सुचिकृत भएका हुन् ।
यसैगरी कर्णाली डेभलपमेन्ट बैकले लगानीकर्तालाई दुई बराबर एकको अनुपातमा हकप्रद सेयर वितरण गर्ने भएको छ ।
९ बैशाख २०७३, ११।००
वि.सं.२०७३ वैशाख ९ बिहीवार ११:५४ मा प्रकाशित