
काठमाडौं । भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरले शनिबारबाट चितवनमा नयाँ शाखा संचालनमा ल्याएउने भएको छ । सुपरमार्केटले चितवनको भरतपुरमा आफ्नो १२ औं शाखा संचालमा ल्याउन लागेको हो ।
चितवनमा कुल ७५ करोड रुपैयाँको लगानीमा शाखा संचालनमा ल्याउन लागेको कम्नपीले जानकारी दिएको छ । उक्त शाखाबाट २ सयभन्दा बढीले रोजगारी पाउने भएका छन् । सुपरमार्केटले हालसम्म ५ हजार जनालाई रोजगारी उलपब्ध गराएको जानकारी दिएको छ ।
भाट–भटेनी सुपरमार्केटको उक्त शाखा उद्घाटनको अवसरमा ५ देखि १० प्रतिशतसम्म छुट दिइने भएको छ । जस अन्तरगत रेडिमेड गार्मेंन्टलगायतका सामानमा १० प्रतिशत र मदिरामा ५ प्रतिशत छुट दिइने भाटभटेनीले जानकारी दिएको छ ।
प्रकाशितः २०७३ वैशाख १०
वि.सं.२०७३ वैशाख १० शुक्रवार ११:५७ मा प्रकाशित