back
NMB Ad

अब गोबरबाट बिजुली !

Nepal Bank

काठमाण्डौं । २०६५ सालदेखि रुपन्देहीमा गाईपालन सुरु गरेका शशि पौडेलले साढे २ करोड ५० लाख रुपैयाँ बराबरको लगानीमा विद्युत उत्पादन गर्ने भएका छन्। अहिले गोबरबाट बिजुली निकाल्ने कामको ७० प्रतिशत सम्पन्न भइसकेको र अबको एक महिनाबाट बिजुली उत्पादन हुने उनले बताए।

पौडेलले अहिले पहिलो चरणमा ५ सय घनमिटरको प्लान्ट बनाएका छन्। यो प्लान्टबाट ३ सय किलोवाट बिजुली निस्कन्छ। त्यसपछि फेरि ६ सय घनमिटरको प्लान्ट बनाएर अर्को ४ सय ४१ किलोवाट बिजुली निकाल्ने उनको योजना छ।

यसअघि पोखरामा नेपालीले नै बनाएको प्लान्टले काम नगरेपछि आफूले भने भारतबाट दक्ष प्राविधिक ल्याएर काम गरिरहेको उनले बताए। यसरी निकालेको बिजुली दूध दुहुन, चिस्याउन, पानीको लागि बोरिङ्ग चलाउने लगायतका कामका लागि खर्च गर्ने पौडेलले बताए।

आफूले आनन्द प्राप्तीको लागि गाई पालन व्यवसाय गरेको बताउने पौडेलले अब तत्कालको लागि आफ्नो फार्मलाई चाहिने बिजुली निकालेपछि सरकारलाई नै बिक्री गर्ने तयारी गरेका छन्।
‘मेरो सानो प्रयासले गर्दा अरुले पनि यो व्यवसाय सुरु गर्ने हौसला पाउँछन्’ उनले भने, ‘एक वर्षमा देशमा उर्जा संकट अन्त्य गर्ने अभियानमा यसको पनि योगदान हुनेमा म आशावादी छु।’

अहिले उनको फार्ममा ४ सय भन्दा बढी गाईहरु छन्। ‘खेर गईरहेको गोबरको प्रभावकारी उपयोग गर्नका लागि विजुली उत्पादन गर्न लागेको हो,’ उनले भने ‘बिजुली उत्पादनले पनि प्राङ्गारिक मलमा कुनै घाटा ब्यहोर्नु पर्दैन।’

गोबरबाट बायो ग्यास निकालेर खाना पकाउन तथा बत्ती बाल्नका लागि प्रयोग गर्ने चलन धेरै पहिलेदेखि भए पनि त्यही बायो ग्यासबाट जेनेरेटर चलाएर विजुली उत्पादन गर्ने पौडेलले बताए। उनका अनुसार जति क्षमताको बिजुली निकाल्ने हो त्यति क्षमताको जेनेरेटर आवश्यक पर्छ।

जेनेरेटरले विद्युत उत्पादन गरेपछि आवश्यकता अनुसार प्रवाह गरिने उनले बताए। ‘तत्काल बिजुली निकालेर सबै प्रयोग गर्ने अवस्था छैन’ उनले भने, ‘बिजुली निकालेर बाँकी रहेको ग्यास बोटलिङ्ग गरी खाना पकाउन प्रयोग गर्ने योजना छ।’

ग्यास निकालिसकेपछि बाँकी रहेको गोबरबाट पानी र गोबर छुट्याई सुख्खा गोबर मल प्याकिङ्ग गरेर विक्री गर्ने योजना उनले बनाएका छन्। त्यसका लागि पानी र गोबर छुट्याउने मेसिन पनि उनले ल्याइसकेका छन्। पौडेलको रुपन्देही टिकुलीगढ तिलोत्तमामा ‘लुम्बिनी प्रोडक्टस एण्ड रिर्सच सेन्टर’को नाममा गाई फार्म छ।

अमेरिकाको भिषा र स्थाई शिक्षकको जागिर छोडेर २५ करोडको लगानीमा गाई फार्म सञ्चालन गरेका पौडेलले देशमा रहेको उर्जा संकटलाई समेत सहयोग पुग्ने आशामा गोबरबाट विजुली निकाल्न सुरु गरेको बताउँछन्।

उनको फार्ममा रहेका ४ सय गाईमध्ये अहिले १ सय २५ वटाले दैनिक दूध दिने गर्छन्। ७० वटा बाच्छा बाच्छी र अरु माउ गाई पनि फार्ममा छन्। उनको फार्ममा उन्नत जातको जर्सी र होल्स्टन नामका गाई छन्।

पहिले भारतबाट केही माउ गाई ल्याएको र पछि पुनः अमेरिकाबाट ‘ब्रिड’ ल्याएको पौडेलले बताए। गाई व्यवसाय २५ करोड रुपैयाँबाट सुरु गरेको भएपनि अहिले १ अर्ब भन्दा माथि लगानी पुगेको उनले बताए। अब भने यो लगानी बढेर २ अर्ब पुग्ने उनको भनाई छ।

गाईका लागि आवश्यक घाँस अभाव भएपछि पुनः १५ बिघा भन्दा बढी जग्गा किनेको र अहिले आफूले २० बिघाभन्दा बढी जग्गामा गाई पालनको व्यवसाय गरेको उनले बताए।

यो बाहेक उनको रुपन्देहीमै अस्पताल, कलेज, बैंकमा समेत लगानी रहेको छ। गाई पालेर नै उनले अहिले मासिक ४ लाखसम्म नाफा कमाईरहेका छन्। वित्तीय संस्थाबाट सस्तो व्याज र अनुदान रकम लिँदै व्यसाय सुरु गरेका पौडेल अहिले मुलुककै ठूलो गाई फार्मका मालिक र कृषकका अगुवा समेत बनेका छन्।

आफ्नै २५ बिघा जग्गामध्ये एक छेउमा गाई फार्म र अर्को छेउमा कामदारलाई बस्ने ठाउँ छ। बाँकी सबैमा घाँसखेती गर्छन्। राज्यले रासायनिक मलको लागि वर्षमा अरबौ रुपैयाँ खर्च गर्ने भए पनि प्राङ्गारिक मल उत्पादन गर्ने कुरामा ध्यान नदिएको उनको गुनासो छ।

पौडेलको गाई फार्ममा मान्छेले दुध दुहुन पनि पर्दैन। मेसिनद्धारा एक पटकमा १२ वटा गाई दुहन सकिने र यसको लागि ६ देखि ७ मिनेट लाग्ने गरेको पौडेलले बताए। दूध दुहेपछि चिसान गरेर बेच्ने गरेको उनले बताए।

गाई फार्मबाट मागअनुसारको दूध उत्पादन गर्न नसकेको बताउने पौडेलले बुटवल र भैरहवा बजारमा दूध बेच्ने गर्छन्। उनले दूध बाहेक वर्षको २ सय वटा जति माउ गाई एउटाको डेढ लाखदेखि ३ लाख रुपैयाँमा बेच्ने गरेको बताए।

बैशाख १२, २०७३, ८।००

वि.सं.२०७३ वैशाख १२ आइतवार १२:४३ मा प्रकाशित

You can share this post!

चिनियाँ कम्पनी सेरेसको एसियाली विस्तार अभियान सुरु, थाई बजारमा सेरेस ३ सार्वजनिक

चिनियाँ कम्पनी सेरेसको एसियाली विस्तार अभियान सुरु, थाई बजारमा सेरेस ३ सार्वजनिक

वि.सं.२०८२ जेठ ८ बिहीवार २१:४२

बैंकक, थाईल्याण्ड : चिनियाँ विद्युतीय सवारी निर्माता सेरेसले आफ्नो नयाँ...

पेस्तोलसहित दुई युवा पक्राउ   

पेस्तोलसहित दुई युवा पक्राउ   

वि.सं.२०८२ जेठ ८ बिहीवार २०:२७

तनहुँ  : पृथ्वीराजमार्ग सडकअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट आज पेस्तोलसहित...

बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावलाई प्राथमिकता

बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावलाई प्राथमिकता

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:२१

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट...

मंगलबारको क्याबिनेट बैठकका ९ निर्णय, यस्ता छन्

मंगलबारको क्याबिनेट बैठकका ९ निर्णय, यस्ता छन्

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:०९

काठमाडौं : सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले मंगलबारको मन्त्रिपरिषद्का...

नीतिगत स्थिरता र लगानी दशकको माग : निजी क्षेत्रको सुझाब—‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

नीतिगत स्थिरता र लगानी दशकको माग : निजी क्षेत्रको सुझाब—‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:०१

काठमाडौँ : संघीय संसद्को अर्थ समितिमा आज सम्पन्न छलफलमा निजी...

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८२ जेठ ८ बिहीवार १६:५१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...