काठमाण्डौं । आईपिओ बाँडफाँड गरेको दश महिनाछि साझा विकास बैंकको नेप्सेमा कारोबार खुलेको छ । गत जेठमा ४ लाख ९० हजार कित्ता साधारणशेयर निष्काशन गरेको बैंकले गत माघ १९ गते नेप्सेमा शेयर सुचिकरण गराएको थियो।
नेप्सेका अनुसार साझा विकास बैंकको प्रतिकित्ता शेयर मूल्य ८२ रुपैयाँ देखि २७४ रुपैयाँ तोकिएको छ । साझाको नामबाट कारोबार हुनेछ । साझा विकास बैंकले गत जेठमा चार लाख ९० हजार कित्ता साधारणशेयर निष्काशन गरेको थियो ।
संस्थापकहरुको ५ करोड १० लाख रुपैंया चुक्ता पूँजी रहेको बैंकले सर्वसाधारणलाई ४ करोढ ९० लाख रुपैंयाको शेयर जारी गरि चुक्ता पूँजी १० करोड पुर्याउँदै बैंकमा संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत हिस्सा बनाएको हो ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्रोमर मर्चेण्ट बैंकर लिमिटेड रहेको छ ।
१३ बैशाख २०७३, २।००
वि.सं.२०७३ वैशाख १३ सोमवार १४:३९ मा प्रकाशित