back

जब प्रधानमन्त्रीले भने ‘वेलकम टु नेपाल’ …

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिना हिचकिचाहट नेपालमा लगानी एवम् भ्रमण गर्न विदेशी लगानीकर्ता र पर्यटकलाई आग्रह गरेका छन् ।

“गतवर्षको भुइँचालोले नेपालका सबै क्षेत्रमा नै पूर्ण क्षति पारेको होइन, आंशिक क्षतिमात्र पारेको हो, विदेशमा यहाँ लगानी गर्न र घुम्न सुरक्षित छैन भनेर ठूलो हल्ला चल्यो, त्यस्तो होइन, म विदेशी मित्रलाई आग्रह गर्छु, हल्लाको पछाडि नलाग्नुहोस्, यहाँ लगानी र भ्रमण गर्न सुरक्षित छ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा घुमफिर वर्ष २०७३ का अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गौतमबुद्ध जन्मेको पवित्र भूमि, आरध्यदेव पशुपतिनाथ, विश्वको सर्वोच्च शिखर सगरमाथा, प्राकृतिक सुन्दरताको अनुपम सुन्दर एवम् ऐतिहासिक मठमन्दिर, पाटन, भक्तपुर हनुमानढोका क्षेत्र घुम्न विदेशी पर्यटकलाई आग्रह गरे ।

उनले भने–“भुइँचालोले हाम्रा एतिहासिक, पुरातात्विक स्थललाई आंशिकमात्र क्षति पुर्याएका हो, ती स्थलको घुमेर आनन्द लिन म सबैसित आग्रह गर्दछु ।”

प्रधानमन्त्री ओलीले नेपाल घुम्न चीन, भारत, टर्की, थाइल्यान्ड, न्युजिल्यान्डलगायत देशबाट पर्यटकलाई दोसल्ला ओढाइ सम्मानसमेत गरे । नेपालको आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन गर्न मन्त्रालयले यसवर्षलाई घुमफिर वर्षका रुपमा मनाउन सुरु गरेको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रमणका लागि नेपाल सुरक्षित छ भन्ने सन्देशलाई विश्वका कुनाकुनामा पुर्याउन यहाँ आउने पर्यटक, सरकार तथा निजी क्षेत्रबाट थप पहलको आवश्यकता रहेको चर्चा गरे। उनले नेपालमा विदेशी लगानीको उचित वातावरण रहेको स्पष्टसमेत पारे ।

प्रधानमन्त्री ओलीले नेपालको नक्सामा ‘वेलकम टु नेपाल’ समेत लेखे ।

कार्यक्रममा उपप्रधानमन्त्री चित्रबहादुर केसी तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलको समेत सहभागिता रहेको थियो ।

१३ बैशाख २०७३, ३।००

वि.सं.२०७३ वैशाख १३ सोमवार १५:१३ मा प्रकाशित

You can share this post!

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

वि.सं.२०८० असोज ७ आइतवार १२:३७

वासुदेव पौडेल गण्डकी, ७ असोज : उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै...

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:३०

काठमाडौं  । सरकारका दुईवटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा...

एक कम्पनीको १ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

एक कम्पनीको १ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:२४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार नागरिक लगानी...

हालसम्म अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

हालसम्म अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०८० असोज ७ आइतवार १२:१४

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा २ अर्ब...

कर्णाली प्रदेश सरकारले दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्माण गर्दै   

कर्णाली प्रदेश सरकारले दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्माण गर्दै   

वि.सं.२०८० असोज ७ आइतवार १२:०९

भेरीगङ्गा (सुर्खेत), ६ असोज : कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न...

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ   

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ   

वि.सं.२०८० असोज ७ आइतवार ११:५४

काठमाडौँ, ७ असोज: नेपाल क्रिकेट सङ्घ (क्यान)ले चीनको हाङ्जाउमा जारी...