
झापा । टोयटा मोटर्सले झापाको विर्तामोडमा कान्तिपुर अटो लिन्क सञ्चालनमा ल्याएको छ। यो शोरुमवाट नेपालमा उपलब्ध टोयोटाका पेसेन्जर गाडीहरु उपलब्ध गराउने जनाएको छ।
टोयोटा गाडीका लागि नेपालको आधिकारीक आयातकर्ता युनाइटेड ट्रेडर्स सिन्डिकेटले नयाँ खुलेको शोरुमवाट सेल्स सर्भिस र स्पेयर उपलब्ध हुने जानकारी दिएको छ । कान्तिपुर अटो लिन्क मेची अञ्चलमा विगत १२ बर्षदेखि सञ्चालनमा आएको मोटर विक्रेता हो।
१५ बैशाख २०७३, १।००
वि.सं.२०७३ वैशाख १५ बुधवार १५:२५ मा प्रकाशित