
निता अम्बानी एसिया पावर बिजनेस वुमनको पहिलो लिष्टमा पर्न सफल व्यवसायी महिला हुन् । भारतीय धनाढ्य मुकेश अम्बानीकी पत्नी उनी इण्डियन प्रिमियर लिग (आइपीएल) सँग आबद्ध छिन् भने धिरुभाइ अम्बानी स्कुलकी संचालिक पनि रहेकी छिन् । यसका साथै विभिन्न सामाजिक कार्यमा पनि उनी अग्रसर छिन् ।
निता अम्बानीलाई फोब्र्स म्यागजिनले २०१६ मा एसिया प्रशान्तकै सबैभन्दा शक्तिशाली महिलाको सूचिमा पहिलो नम्बरमा राखेको छ । निता ५७ अर्ब अमेरिकी डलर ट्याक्स तिर्ने कम्पनी रिलायन्सकी बोर्ड मेम्बर पनि हुन् । अर्बपतिका पत्नीहरु छायँमा रहन मन पराउने अवस्थामा उनी रिलायन्स र आइपीएलसँग आबद्ध भएर व्यवसायमा अगाडि बढिरहेकी छिन् भने उनले विभिन्न च्यारिटीहरु पनि गरेकी छिन् । उनै निता अम्बानीका केही सोखहरु अचम्मका छन्, जुन यहाँ प्रस्तुत गरिएको छ ।
३ लाख भारतीय रुपैयाँ पर्ने चियाबाट दिनको सुरुवात गर्छिन्
निता अम्बानी आफ्नो दिनको सुरुवात डेढ करोड भारतीय रुपैयाँ बराबरको जापानी क्रोकरी सेटमा ३ लाख भारतीय रुपैयाँ बराबरको चिया पिएर गर्ने गर्छिन् ।

निता ब्राण्डेड घडीहरुको सौखिन छिन्
निता अम्बानीलाई ब्राण्डेड घडीहरु एकदमै मन पर्छ । उनी एक प्रकारले यसको सौखिन पनि छिन् । उनीसँग बुल्गारो, कार्टेर, राडो, गुसी, केल्भिन केलिन, फोसिल कम्पनीका घडीहरु छन् ।

ब्याग एवं पर्सहरुको सौखिन हुन्
उनी ब्याग एवं पर्सहरुको पछाडि पागल नै छिन् । उनलाई नयाँ नयाँ ब्यागहरु त्यो पनि थरी थरीका ब्यागहरु किनेर संग्रह गर्न अति नै मन पर्छ । स्नेल, गोयार्ड, जिम्मी को जस्ता ब्राण्डेड पर्सहरु उनीसँग छ । यी ब्यागहरु ३० देखि ४० लाखसम्म पर्ने गर्छन् ।
उनी कहिल्यै पनि दोहोर्याएर त्यही जुत्ता वा चप्पल लगाउने गर्दिनन्
निताले जुत्ताहरुको संग्रह नै गरेकी छिन् । उनी कहिल्यै पनि आफ्नो जुत्ता चप्पलहरु फेरि दोहोर्याएर लगाउने गर्दिनन् । उनीसँग प्राडो, ग्रासिया, जिम्मी को जस्ता विभिन्न व्राण्डका जुत्ता एवं स्याण्डिलहरु लगाउने गर्छिन् । यी जुत्ताहरुको मूल्य पनि दशौं लाखबाट सुरु हुने गर्छ ।
एजेन्सीको सहयोगमा, १५ बैशाख २०७३, ६।००
वि.सं.२०७३ वैशाख १५ बुधवार २१:५१ मा प्रकाशित