back

मुस्ताङमा जलविद्यतुको काम द्रुतगतिमा, १३.२ मेगावाट निस्कदै

Kumari bank ad

मुस्ताङ । जिल्लाको टुकुचेमा निर्माणाधीन १३.२ मेगावाट जलविद्युत् आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको अहिलेसम्म सम्पूर्ण काम ९० प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । आयोजनाको सुरुङमार्ग, विद्युत् गृह, ड्याम निर्माण, खम्बा विस्तार लगायतका ९० प्रतिशत काम सम्पन्न भएको बताइएकोछ ।

आयोजनाको मुहानदेखि टुकुचेस्थित विद्युत्गृहसम्म एक हजार ८३० मिटर लामो सुरुङ खन्नुपर्नेमा ४०० मिटर मात्रै बाँकी छ । माउन्ट कैलाश इनर्जी प्रालिले करिब दुई अर्ब ६० करोड रुपैयाँका लागतमा निर्माण गरिरहेको आयोजनाबाट उत्पादित विद्युत् पर्वतको मोदीस्थित सबस्टेसनमा जोडिनेछ । त्यसका लागि कोबाङ र दानामा सबस्टेसन निर्माण र खम्बा विस्तारको काम पनि सम्पन्न भएका छन् ।

सरकारले २३२ केभिए प्रसारण लाइनका लागि म्याग्दीको दाना गाविसमा सबस्टेसन निर्माण गर्ने प्रक्रिया सुरु गरेपनि आयोजनाले भने दाना नजिकै घरापमा सञ्चालित तातोपानी जलविद्युत् आयोजनाबाट मोदीखोला सबस्टेसनसम्म जोड्ने तयारी गरेको छ । २०६८ सालदेखि निर्माण सुरु गरेको आयोजनाले सुरुमा ११ मेगावाट विद्युत् उत्पादन हुने अध्ययन गरेपनि पछि त्यसलाई बढाएर १३।२ मेगावाट पु¥याएको हो । थापाखोला निर्माण सम्पन्न हुन लागेपछि स्थानीयवासी पनि उत्साहित भएका छन् ।

१७ बैशाख २०७३, ११।००

वि.सं.२०७३ वैशाख १७ शुक्रवार १२:४१ मा प्रकाशित

You can share this post!

हिमालयन डिस्टीलरीको लाभांश घोषणा, साधारण सभा र बुक क्लोज मिति तय

हिमालयन डिस्टीलरीको लाभांश घोषणा, साधारण सभा र बुक क्लोज मिति तय

वि.सं.२०८० मंसिर १८ सोमवार १०:३४

काठमाडौं। हिमालयन डिस्टीलरीले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार...

तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा, नगद र बोनस कति ?

तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा, नगद र बोनस कति ?

वि.सं.२०८० मंसिर १८ सोमवार १०:२५

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले लाभांश घोषणा गरेको छ ।...

सिटिजन लाइफको बोनस दर सार्वजनिक, कुन योजनमा कति ?

सिटिजन लाइफको बोनस दर सार्वजनिक, कुन योजनमा कति ?

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:३०

काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको...

चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ   

चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ   

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:२१

रसुवा, १८ मङ्सिर : चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा...

पुुनहिल घोडेपानी प्राकृतिक सौन्दर्यको खानी   

पुुनहिल घोडेपानी प्राकृतिक सौन्दर्यको खानी   

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:१४

म्याग्दी, १८ मङ्सिर : हिमाल, पहाडी भूूगोल, सुुर्योदय र गुराँसको...

जटायु रेष्टुराँका कारण बढ्यो गिद्धको सङ्ख्या   

जटायु रेष्टुराँका कारण बढ्यो गिद्धको सङ्ख्या   

वि.सं.२०८० मंसिर १८ सोमवार ०८:१८

नवलपुर, १८ मङ्सिर : लोपोन्मुख अवस्थामा पुगेको गिद्ध संरक्षणका लागि...