
काठमाडौं । राहुघाट जलविद्युत् आयोजना ४० मेगावाट क्षमतामा अगाडि बढाइने भएको छ । प्राधिकरण सञ्चालक समितिले ३२ मेगावाट क्षमतामा थप आठ मेगावाट थप गरी सो आयोजनालाई पूर्ण क्षमतामा अगाडि बढाउने निर्णय गरेको हो ।
प्राधिकरणको निर्णयसँगै म्याग्दीमा निर्माणाधीन सो आयोजनाको क्षमतासँगै लागत समेत बढ्ने भएको छ ।
विसं २०६६ मा सुरु भएको आयोजना रू. ७ अर्बको लागतमा यसै वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजनाको सिभिल ठेकेदार आइभिआरसिएलको कमजोर आर्थिक अवस्था र प्रक्रियागत ढिलाइका कारण १२ प्रतिशत मात्रै भौतिक प्रगति भएको आयोजनालाई ४० मेगावाट बनाउँदा रू. आठ अर्ब ६० करोड लागत अनुमान गरिएको छ ।
डिपिआर स्वीकृत भएपछि आयोजनाको ठेक्का प्रक्रिया सुरु हुने छ ।
प्रकाशितः २०७३ वैशाख १८
वि.सं.२०७३ वैशाख १८ शनिवार १२:१५ मा प्रकाशित