back
SKIP
prime bank ad

सरकारपछि बजारको मारमा भूकम्पपीडित

Kumari bank ad

काठमाण्डौं । भूकम्पका कारण उपत्यका लगायत ३२ जिल्लामा क्षति भएका ६ लाख भन्दा बढी भौतिक संरचना पुर्ननिर्माण गर्नु पर्ने अवस्थामा भूकम्प पीडितलाई बजारले पनि वेवास्ता गरेकोछ । बजारमा निर्माण सामाग्रीको मूल्य बढेसँगै भूकम्प पीडित थप मारमा परेका हुन् ।

निर्माण सामाग्री मध्ये फलामे डण्डीमा अहिले प्रतिकिलो १० रुपैयाँसम्म बढेको छ । भूकम्पको समयमा उपभोक्ताले प्रतिकिलो ७० रुपैयाँमा खरिद गरेको डण्डीको मूल्यमा १० रुपैयाँ बढेको छ। अहिले बजारमा डण्डीको खुद्रा मूल्य प्रतिकिलो सरदर ८० रुपैयाँदेखि ८२ रुपैयाँ रहेको छ।

त्यस्तै घर छाउनका लागि प्रयोग गरिने जस्तापाताको मूल्य पनि थोरै बढेको छ । २४ गेज ८० किलो तौल भएको एक बन्डल सादा जस्तापातको मूल्य ८ हजार ८ सय ९० र रंगीनको १० हजार ५ सय ८० रुपैयाँ रहेको छ।

भूकम्पको समयमा मूल्य नबढाएका सिमेन्ट उद्योगहरुले अहिले सिमेण्टको मूल्य बृद्धि गरेका छन् । भूकम्पको समयमा ५० किलो पिपिसी सिमेन्टको मूल्य ७ सय रुपैयाँ रहे पनि अहिले पिपिसी सिमेन्टको मूल्य ७ सय ३० देखि ७ सय ८० रुपैयाँसम्म रहेको छ। यो मूल्य भूकम्पको समयको भन्दा ३० रुपैयाँले बढी हो।

त्यस्तै भूकम्प गएको समयमा ओपिसी ५० किलो बोराको ८ सय ५० रहे पनि अहिले मूल्य बढेर ९ सय देखि ९ सय ५० रुपैयाँमा पुगेकोछ ।

तर इँटा, बालुवा तथा रोडाको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । अहिले बजारमा बालुवा र रोडा ८ मिटर एक ट्रकको मूल्य त्यसको गुणस्तर हेरेर २० हजार देखि ३० हजार रुपैयाँसम्म रहेको छ। यो मूल्य भूकम्प गएलगत्तै निर्धारण भएकै मूल्य हो।

१९ बैशाख २०७३, १०।००

वि.सं.२०७३ वैशाख १९ आइतवार ११:५५ मा प्रकाशित

You can share this post!

एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी   

एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी   

वि.सं.२०८० असोज ११ बिहीवार १६:५३

काठमाडौँ, ११ असोज : नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको...

च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने   

च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने   

वि.सं.२०८० असोज ११ बिहीवार १६:४६

न्युयोर्क, ११ असोज : ‘जेनेरेटर एआई प्लेटफर्म (च्याटजीपीटी)’ ले अब...

बीमाको विकास र विस्तारका लागि प्रदेश सरकारले प्रदेश बीमा नीति ल्याउनुपर्छ : अध्यक्ष सिलवाल

बीमाको विकास र विस्तारका लागि प्रदेश सरकारले प्रदेश बीमा नीति ल्याउनुपर्छ : अध्यक्ष सिलवाल

वि.सं.२०८० असोज ११ बिहीवार १६:४०

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री...

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन   

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन   

वि.सं.२०८० असोज ११ बिहीवार १६:२२

काठमाडौँ, ११ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले ईन्द्रजात्रा अवलोकन गर्नुभएको...

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु   

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु   

वि.सं.२०८० असोज ११ बिहीवार १६:१८

मकवानपुर, ११ असोज : करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा...

रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस   

रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस   

वि.सं.२०८० असोज ११ बिहीवार १६:११

अछाम ११ असोज : अछामको पर्यटकीय स्थल रामारोशन विभिन्न ४६...