
काठमाण्डौं। आज सुनको भाउ फेरि ५ सय रुपैयाँले महंगो भएकोछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रकार ५६ हजार ५ सय रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको सुनमा आज ५ सय रुपैयाँले बृद्धि भएको छ ।
आइतबार सुको तोलामा ५७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सुनको भाउ सँगै चाँदी पनि पाँच रुपैयाँले महंगिएको छ । महासंघका अनुसार आइतबार चाँदी तोलामा आठसय पाँच रुपैयाँमा किनबेच भईरहेको छ । शुक्रबार चाँदी तोलाको आठ सय रुपैयाँ पुगेको थियो।
१९ बैशाख २०७३, ११।००
वि.सं.२०७३ वैशाख १९ आइतवार १२:३७ मा प्रकाशित