काठमाण्डौं । अमेरिकाको प्रख्यात शहर न्युयोर्कमा आगामी सेप्टेम्बरमा आयोजना गर्न लागिएको नेपाल प्रदर्शनी तथा अन्तराष्ट्रिय ब्यापार मेलाका लागि आयोजकहरुले करिब १० करोड रुपैयाँ खर्च गर्ने भएका छन् ।
वर्ल्ड बिजनेश म्यानेजमेन्ट एण्ड कन्सल्ट्याण्ट (डब्लुबिएमसी) एलएलसीले न्युयोर्कको म्यानहटनको पियर ९२ मा आयोजना गर्न लागेको सो मेलामा आयोजकले मेला स्थल ९० हजार डलर (करिव १ करोड) रुपैया तिरेर भाडामा लिएका छन् । स्टल बनाउन २ लााख ४ हजार डलर तिरेका छन् । प्रचार प्रसारसमेत गरेर ६ लाख डलर (६ करोड रुपैयाभन्दा बढी) खर्च हुने बताएका छन् ।
मेलामा नेपाली कृषि उत्पादन, सांस्कृतिक तथा सम्पदा झल्कने सामाग्री, जडिबुटी, थांका पेन्टिङ, पस्मिना, कफि, चिया, पाल्पाली ढाका, सुठो, अलैंची, खुकुरी, नेपालको मूर्तिकला, गहना लगायतका सामग्री प्रदर्शनीमा राखिने बताइएकोछ ।
१९ बैशाख २०७३, १०.००
वि.सं.२०७३ वैशाख १९ आइतवार १३:०० मा प्रकाशित