
काठमाण्डौं । साउदी अरेबिया सरकारले विभिन्न १० वटा रिक्रुटमेन्ट कम्पनीलाई एक(एक लाख कामदार ल्याउन पाउने गरी त्यहाँको श्रम मन्त्रालयले एकैपटक अनुमति दिएपछि १० लाख विदेशी कामदार त्यहाँ कामका लागि जान पाउने भएका छन् ।
साउदीको श्रम मन्त्रालयले फ्री भिसा लिएर पनि मानव तस्करी भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न पनि यो कदम उठाएको बताएको छ ।
साउदी सरकारले फ्री भिसाको पनि ब्यापार हुने क्रम बढेको भन्दै त्यसलाई नियन्त्रण गर्ने जनाएको छ । यसमा दोषि ठहरिएकालाई १५ वर्षसम्म जेल सजायँ र १ लाख साउदी रियालसम्म जरिवाना गर्ने निर्णय गरेको छ ।
२३ बैशाख २०७३, ३।००
वि.सं.२०७३ वैशाख २३ बिहीवार १६:१० मा प्रकाशित