
काठमाण्डौं । पूर्वी अफगानिस्तानको गजनी राज्यमा आइतबार सडक दुर्घटना हुँदा ७३ जनाको मृत्यु भएको अफगानी अधिकारीले जनाएका छन् ।
दुइटा बस र एउटा तेल ट्यांकर ठक्कर खाएपछि उक्त दुर्घटना भएको थियो । घटनामा दर्जनौं यात्रु घाइते भएको अफगानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता इस्माइल काबसीले बताएका छन् ।
बस तेलको ट्यांकरसँग ठोकिएपछि ट्यांकरबाट पोखिएको तेलमा आगलागी भएपछि मृतकमध्ये धेरैको शव आगोले जलेर चिह्न नसकिने अवस्थामा रहेका छन् । घाइतेलाई उपचारका लागि गजनी र कान्दहार सहर पु¥याइएको छ ।
केही घाइते यात्रुको स्वास्थ्य अवस्था गम्भीर रहेकाले मृतक संख्या अझै बढ्न सक्ने काबसीको भनाइ छ ।
प्रकाशितः २०७३ वैशाख २७
वि.सं.२०७३ वैशाख २७ सोमवार १५:४३ मा प्रकाशित