back
SKIP
prime bank ad

नयाँ बसपार्कमा अत्याधुनिक सपिंङ कम्प्लेक्स बिजि मल सञ्चालनमा

Kumari bank ad

काठमाडौ । राजधानीको ब्यापारिक केन्द्र नयाँ बसपार्कमा अत्याधुनिक सपिङ कम्प्लेक्स बिजि मल सञ्चालनमा आएको छ । बुधबार एक समारोहका बीच पूर्व अर्थमन्त्री डा. रामशरण महत तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मलको संयुक्त रुपमा उद्घाटन गरे ।

मल उद्घाटन गर्दै पूर्व अर्थमन्त्री डा. रामशरण महतले मुलुकको अर्थतन्त्रमा पछिल्लो समय सञ्चालनमा आएका व्यवसायिक प्रतिष्ठानले महत्वपुर्ण टेवा पु¥याएको बताए । उदार अर्थ नीति लागू भए पछि मुलुकको आर्थिक विकासमा कायापलट भएको बताएका उनले ठूला आयोजनाहरु फाष्ट ट्रयाक, बूढी गण्डकी लगायतका आयोजना सरकारले आफ्नै लगानीमा निर्माण गर्न सके राम्रो हुने धारणा राखे ।

सरकारको नीति तथा कार्यक्रम राम्रो रहेको बताउँदै उनले फाष्ट ट्रयाक स्वदेशी लगानीमा ५ वर्ष भित्रमा निर्माण सम्पन्न गर्नसके सरकारलाई सबैले स्यालुट गर्ने बताए । साथै भाषण मात्र होईन कम लागत र कम समयमा निर्माण सम्पन्न गर्नुपर्ने उनको भनाई थियो । तर डा. महतले विदेशी लगानीलाई पनि स्वागत गरिएको अवस्था रहेको भन्दै विदेशी लगानी स्थगित गर्ने वा आफैंले लगानी गर्ने भन्नेमा ठोस निष्कर्ष निकाल्नु पर्ने पनि बताए । ओली नेतृत्वको सरकारलाई लक्षित गर्दै डा. महतले भने ‘हल्ला गरेर केही हुँदैन, काम गरेर देखाउनु प¥यो । हामीसंग नीतिको हैन, कार्य क्षमताको मात्र अभाव छ । भाषणले मुलुक बन्दैन ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले खुला अर्थ व्यवस्थामा निजी क्षेत्रको सहभागिताका कारण नै अर्थतन्त्र फष्टाएको बताए । बिजि मल जस्ता ठुला व्यवसायिक प्रतिष्ठानले रोजगारी श्रृजना गर्दै मुलुकको अर्थतन्त्र चलायमान बनाउन महत्वपुर्ण योगदान पुर्याएको उनको दाबी थियो । सरकारमा जो सुकै भए पनि निजी क्षेत्रलाई प्रोत्साहित गर्दै हातेमालो गर्नु पर्नेमा महासंघ अध्यक्ष मुरारकाले जोड दिए ।

आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले बिजि मल जस्ता व्यवशायिक प्रतिष्ठानका कारण पनि राजश्व असुली बढेको भन्दै बिजि मलले आगामी दिनमा करका माध्यमबाट योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

विशेष गरि राजधानि र मोफसलका समस्त सबै वर्गका ग्राहकहरुलाई लक्षित गरि काठमाण्डौंको गोंगबुस्थित नयाँ बसपार्कमा बिजि मल सञ्चालनमा ल्याइएको मलका निर्देशक राजु गिरीले जानकारी दिए । ‘गुणस्तरीय वस्तु तथा सेवाको उपभोग बढ्दै गएको अवस्थामा सम्पुर्ण आवश्यकीय सामाग्री तथा मनोरञ्जनका स्थल सहित हामीले बिजि मल संचालनमा ल्याएका छौं, उनले भने । अन्तराष्ट्रियस्तरका विद्युतीयदेखि लत्ता कपडा लगायतका गुणस्तरीय सामग्री सुपथ मुल्यमा उपलब्ध गराउने उनको प्रतिबद्धता थियो ।

उद्घाटनको अवसर पारेर मलले ग्राहकरुलाई २० प्रतिशत छुटको व्यवस्था गरेको छ । मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री,रेष्टुरेण्ट, सिनेमा हल, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ६० वटा पसल तथा शोरुम सञ्चालनमा आईसकेका छन् ।

यथेष्ठ पार्किङ्गको सुविधा रहेको मलमा उद्घाटनको अवसर पारेर ग्राहकहरुलाई लक्षित गर्दै बैशाख २९ देखि जेठ १ गतेसम्म विभिन्न सांगितिक कार्यक्रमहरु निरन्तर रुपमा आयोजना हुने संचालकहरुले बताएका छन् ।

३० बैशाख २०७३

वि.सं.२०७३ वैशाख ३० बिहीवार ०८:०१ मा प्रकाशित

You can share this post!

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य   

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य   

वि.सं.२०८० असोज ११ बिहीवार २०:५०

गण्डकी, ११ असोज : गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको...

भोली शुक्रबार सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय

भोली शुक्रबार सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय

वि.सं.२०८० असोज ११ बिहीवार २०:४६

विराटनगर, ११ असोज । कोशी प्रदेश सरकारले भोली असोज १२...

चार महिनापछि सौर्य सिमेन्टको चुनढुङ्गा ढुवानी गर्ने तयारी   

चार महिनापछि सौर्य सिमेन्टको चुनढुङ्गा ढुवानी गर्ने तयारी   

वि.सं.२०८० असोज ११ बिहीवार २०:३७

कटारी (उदयपुर), ११ असोज : उदयपुरको कटारी–८ स्थित आहालेको खानीबाट...

विद्यार्थीमा स्क्रब टाइफस देखिएपछि दुई दिन  विद्यालय बन्द   

विद्यार्थीमा स्क्रब टाइफस देखिएपछि दुई दिन विद्यालय बन्द   

वि.सं.२०८० असोज ११ बिहीवार २०:२६

वालिङ (स्याङ्जा), ११ असोज : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ मा रहेको...

ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौंडामा

ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौंडामा

वि.सं.२०८० असोज ११ बिहीवार २०:२२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गुल्मी जिल्लाकोे मुसीकोट नगरपालिका...

नेपाली युवा प्रज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

नेपाली युवा प्रज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

वि.सं.२०८० असोज ११ बिहीवार २०:१५

काठमाडौं । नेपाली युवा प्रज्वल ताम्राकारलाई १५औं मिस्टर इन्टरनेशनल २०२३...