back
NMB ad

४८ लाख कित्ता सेयर थपिएपछि भयो ५ अर्ब २८ करोडको कारोबार !

Kumari bank ad

काठमाण्डौं । यस साता शेयरबजारमा पाँच अर्ब २८ करोड बराबरको शेयर किनबेच भएको छ । साताभर पाँच दिन खुलेको बजारमा विहिबार मात्रै एक अर्ब १८ करोड बढीको शेयर किनबेच भएको थियो । यस साता शेयर बजारमा ४८ लाख कित्ता बोनश शेयर थपिएको छ ।

अधिकांस कम्पनीहरुले नाफामा उल्लेखीय वृद्धि गरेको विवरण सहितको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणहरु प्रकाशित गरेका कारण शेयर बजारमा त्यसको प्रभाव परेको हो ।

साताको पाँच व्यापार दिनमा बुधबार बाहेक सबै दिन बढेको नेप्से अघिल्लो साताको तुलनामा ९.२५ अंकले बढेर अन्तिम दिन १४८१.९४ अंकमा पुगेको छ ।

यो साता बजारमा २३ हजार २ सय २८ कारोबारबाट पाँच अर्ब २८ करोड ६० लाख ९१ हजार रुपैयाँ बराबरका ४ लाख १४ हजार चार सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ६६.११ प्रतिशत बढि हो ।

गत साता १४४ कम्पनीहरुको कारोबार भएको थियोे । जस अनुसार १४ हजार ७ सय ५६ कारोबारबाट तीन अर्ब १८ करोड २३ लाख ५२ हजार रुपैयाँ बराबरका ५० लाख छ हजार छ सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

३१ बैशाख २०७३, ३.३०

वि.सं.२०७३ वैशाख ३१ शुक्रवार १५:४१ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...