back
Mega Long Ad

जब दीपकराज गिरीले भने ‘झिंगालाई तोप नहानौं …’

काठमाण्डौं । नेपाली सेनाका जर्नेल नै बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको स्वागतमा पुगेकोमा भएको आलोचनाले यतिबेला नेपालदेखी भारतसम्मका मिडिया तातेका छन्।

राजेश हमाल, भुषण दहाल लगायत धेरैले यो घटनाको आलोचना गरिरहेका बेला हाँस्यकलाकार दीपक राज गिरीले भने सेनाको मसर्थनमा बोलेका छन् । फेसबुकमा उनले समग्र प्रकरणलाई झिगाँलाई मार्न तोप प्रयोग गरिएको जस्तो भएको भनेका छन्।

उनले लेखेका छन् :
 ‘मनोबल नै चाहि गिरेको छैन … भनिन्छ आलोचना नै गर्न तिर लाग्यो भने भगवान विरूद्द नै मुद्दा हाल्न सक्ने कारणहरू भेटिन्छन् …. सोनाक्षीलाई एउटा सेनाको जर्नैलले स्वागत गरेको धटनाले यत्रो बितन्डा मच्चाएको चाँहि आश्चर्यजनक हो। यो घटनाले मनोबल नै गिराउने तहसम्मको काम चाहि गरेको छ जस्तो लाग्दैन। सेनाले पोशाक लगाएर दाउद इब्राहिमलाई स्वागत गरेको होइन। आफ्नै नजिकको एउटा संस्थाले देशको विपतमा सहयोग गर्न निम्त्याएको पाहुना कलाकारलाई स्वागत गरेको हो।

 त्यो सम्मान सोनाक्षीलाई होइन कला , साहित्यका पारखीलाई गरिएको हो। एउटा पाहुनालाई गरिएको सम्मान हो। पाहुनालाई भगवान मान्ने हाम्रो पूरानो संस्कार छ … सोनाक्षीलाई ल्याउदा ३१ तोपको सलामी दिएर जरसाबले स्यालुट ठोकेका छैनन्, सामान्य तबरले स्वागत मात्र गरेका हुन्। भबिष्यमा अलि सजक हुन चाहि सकिन्छ तर राज्य तहबाट नै यति धेरै चासो दिनु चाहि हाम्रो नकारात्मक चिन्तनको परिचय हो। साथी हो झिगॉलाइ तोप नहानौ सामान्य थप्पड भए पुग्छ। यो सानो गल्ति होला तर मनोबल नै चाहि गिरेको छैन्। त्यति कमजोर मनोबल छैन हाम्रो कि सेनाले गरेको लाखौ पुन्यका काम बिर्सेर सामान्य भूलका कारण मनोबल गिरोस …’

३ जेठ २०७३, ११।००

वि.सं.२०७३ जेठ ३ सोमवार १३:३२ मा प्रकाशित

You can share this post!

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

वि.सं.२०७८ माघ ३ सोमवार २१:५०

काठमाडौं । अर्थमन्त्रालयले विगतका वर्षहरुमा भन्दा चालु आर्थिक बर्षमा राजस्व...

वाणिज्य बैंकहरुको निक्षेप पौन नौ करोडले बढ्यो, कर्जा लगानी ४ अर्ब बढी

वाणिज्य बैंकहरुको निक्षेप पौन नौ करोडले बढ्यो, कर्जा लगानी ४ अर्ब बढी

वि.सं.२०७८ माघ ३ सोमवार १९:४६

काठमाडौँ । पुस महिनामा वाणिज्य बैंकहरुको बैंकिङ्ग प्रणालीमा संकलन हुने...

तिब्र उतारचढाबकाबीच दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा गिरवाट

तिब्र उतारचढाबकाबीच दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा गिरवाट

वि.सं.२०७८ माघ ३ सोमवार १५:२४

काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो...

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन खुल्ला

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन खुल्ला

वि.सं.२०७८ माघ ३ सोमवार १२:३१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र आजदेखि (सोमबारदेखि) निष्कासन खुल्ला...

नेपाल लाइफद्धारा २१ लाख ४६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

नेपाल लाइफद्धारा २१ लाख ४६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

वि.सं.२०७८ माघ ३ सोमवार १२:२८

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पोखरा शाखाले मृत्यु...

एभरेष्ट बैंकको २ अर्ब बराबरको ऋणपत्र आजदेखि बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

एभरेष्ट बैंकको २ अर्ब बराबरको ऋणपत्र आजदेखि बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ माघ ३ सोमवार १२:२३

काठमाडौं । एभरेष्ट बैंकले आजदेखि (माघ ३ गते) बार्षिक ८.५...