
काठमाण्डौं । मधेशी मोर्चा सहित २९ दलीय संघिय गठबन्धनको आयोजनामा जारी सिंहदरबार घेराउ कार्यक्रममा बिदेशी नागरिकको संग्लनताप्रति ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले आपत्ति जनाउँदै त्यस्ता पर्यटकलाई कारवाहीको माग गरेकोछ ।
आज एक विज्ञप्ति जारी गर्दै टानले बिगतमा सबै राजनैतिक दलहरुले बन्द-हड्ताल नगर्ने प्रतिबद्धता गरे पनि त्यस विपरितका कार्यले सिंगो पर्यटन क्षेत्रमा नकारात्मक असर पारेको बताएकोछ । यस्ता कार्यक्रमले राजनैतिक दलहरु राज्यको अर्थतन्त्रप्रति कत्तिको जिम्मेबार छन् भन्ने कुरा प्रष्ट पारिदिएको जनाएकोछ ।
यसका साथै विज्ञप्तिमा टानले नेपाल भ्रमणमा आएका बिदेशी पर्यटकहरुलाई राजनैतिक गतिबिधिमा संलग्न नगराउन पर्यटन ब्यबसायीहरुमा अनुरोध गर्दै त्यस्ता कार्यक्रममा सहभागी बिदेशी नागरिकलाई उपयुक्त कारबाही गर्न सरकार समक्ष जोडदार माग गर्दछ भनिएकोछ ।
३ जेठ २०७३, १।००
वि.सं.२०७३ जेठ ३ सोमवार १६:०१ मा प्रकाशित