back
Kumari Bank

पल्सर मोटरबाइकको भाउ ह्वात्तै घट्यो, मात्रै १२ हजार मूल्य

Nepal Bank

काठमाडौं । ५८ लटको पल्सर मोटरबाइकको वास्तविक मूल्य २ लाखभन्दा बढी छ । तर, त्यही मोटरबाइक राजधानीमा १०–१५ हजारमा पनि कारोबार हुने गरेको छ । बूढानीलकण्ठको एक वर्कसपबाट गोकर्णेश्वरका मञ्जिल तामाङले १८ हजार रुपैयाँमै ५८ लटको २४१६ नम्बरको मोटरबाइक खरिद गरे ।
वर्कसपका सञ्चालक रमेश मुखियाले ६ हजार नाफा लिएर मोटरबाइक तामाङलाई बिक्री गरेका थिए । उनले १२ हजार रुपैयाँमा मोटरबाइक आशिष कार्की र योगेश अधिकारीसँग खरिद गरेका थिए ।
यति सस्तोमा उनीहरूले बिक्री गर्न कहाँ किने मोटरबाइक रु ‘किनेका होइनन्, चोरी गरेका हुन्,’ महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी विश्वमणि पोखरेलले भने, ‘त्रिवि शिक्षण अस्पतालको पार्किङबाट उनीहरूले मोटरबाइक चोरी गरेका थिए । चोरी गरेको मोटरबाइक भएकाले सस्तोमा बेचे ।’
कार्की र अधिकारी पक्राउ परेपछि दुवैले लामो समयदेखि मोटरबाइक चोरी गरी बिक्री गर्दै आएको पनि खुलेको छ । महाराजगन्ज वृत्तले उनीहरूसहित मोटरबाइक चोरी र बिक्रीमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ ।
वर्कसप सञ्चालक वीरगन्ज घर भएका रमेश मुखिया, मोटरबाइक किन्ने गोकर्णेश्वरका मञ्जिल तामाङ र राजकुमार नेसुरलाई प्रहरीले पक्राउ गरेको छ । ‘हालसम्म उनीहरूले तीनवटा मोटरबाइक चोरी गरेको खुलेको छ,’ महाराजगन्ज वृत्तका डिएसपी पोखरेलले भने । महाराजगन्जमा दुईवटा र गौशलामा एउटा मोटरबाइक चोरी गरी उनीहरूले बिक्री गरेका थिए ।
वर्कसप सञ्चालकले चोरीका मोटरबाइक खरिद–बिक्री गर्दै आएको खुलेको छ । नक्कली नम्बर प्लेट राखेर तीन मोटरबाइक प्रयोग भइरहेका थिए । चोरीमा संलग्न कार्की गत वर्ष पनि मोटरबाइक चोरीकै आरोपमा पक्राउ परेका थिए । तर, त्यसवेला १६ वर्ष नपुगेकाले प्रहरीले मुद्दा नचलाई छलफल गराएर मिलापत्र गराएको थियो । छुटेपछि पनि उनी सुध्रिएनन् ।
हरेक महिना राजधानीमा करिब ५० वटा मोटरबाइक चोरी भएको उजुरी प्रहरीमा पर्ने पर्छ । सबैभन्दा धेरै महाराजगन्जको त्रिवि शिक्षण अस्पतालको पार्किङबाट मोटरबाइक चोरी हुने गरेको छ । अस्पतालको पार्किङ ठूलो भएको र सुरक्षा व्यवस्था कमजोर रहेकाले त्यहाँबाट चोरी हुने गरेको हो ।
ह्यान्डल भाँची तार जोडेर स्टार्ट गर्ने र मोटरबाइक लिएर फरार हुने गरेको अनुसन्धानमा खुलेको छ । ‘अस्पतालमा जाने मान्छे तनावमा हुने र आफ्नो सवारीतर्फ ध्यान नदिने गरेकाले चोरहरूले अस्पतालको पार्किङबाट धेरै चोर्ने गरेका हुन्,’ डिएसपी पोखरेलले भने, ‘प्रायस् पार्किङ गरेर अस्पतालभित्र छिर्नेबित्तिकै एउटाले सवारीधनीको पिछा गर्ने र अर्कोले चोरी गर्ने प्रवृत्ति देखिएको छ ।नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
प्रकाशितः २०७३ जेठ ४

वि.सं.२०७३ जेठ ४ मंगलवार ११:३८ मा प्रकाशित

You can share this post!

डोङफेङ नामीद्वारा नेपालभरका लागि “फाइभ स्टार अफर”को घोषणा

डोङफेङ नामीद्वारा नेपालभरका लागि “फाइभ स्टार अफर”को घोषणा

वि.सं.२०८२ असार १२ बिहीवार १५:२२

काठमाडौं : नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धि‍ले...

यी हुन् आज सर्वाधिक कमाउने कम्पनीहरु, कुनले कति कमाए ?

यी हुन् आज सर्वाधिक कमाउने कम्पनीहरु, कुनले कति कमाए ?

वि.सं.२०८२ असार १२ बिहीवार १५:१५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

बुटवल पावर कम्पनीसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बुटवल पावर कम्पनीसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ असार १२ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

वि.सं.२०८२ असार १२ बिहीवार १४:२१

काठमाडौं : पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको...

विवादास्पद टेक एण्ड पे पीपीए फिर्ता : इप्पानको भद्र आन्दोलनले दियो सार्थक परिणाम

विवादास्पद टेक एण्ड पे पीपीए फिर्ता : इप्पानको भद्र आन्दोलनले दियो सार्थक परिणाम

वि.सं.२०८२ असार १२ बिहीवार १४:१०

काठमाडौं : नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा...

समृद्धि फाइनान्सका चार शाखाको दोस्रो वार्षिकोत्सव सम्पन्न

समृद्धि फाइनान्सका चार शाखाको दोस्रो वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ असार १२ बिहीवार १२:५४

समृद्धि फाइनान्स लिमिटेडका गैर, औरही, मधुवन र खरेन्द्रपुर शाखाहरूले आ–आफ्नो...