
काठमाडौं। प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा गत आइतबारदेखि बिहानी सेवा सुरु गरेको छ ।
ग्राहकको सुविधालाई ध्यानमा राखी मुख्य शाखा कार्यालय बबरमहलबाट प्रभातकालीन (बिहानी) काउण्टर सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । बिदाका दिन बाहेक आईतबारदेखि शुक्रबारसम्म यो प्रभातकालीन सेवा बिहान ८ बजेदेखि सञ्चालन हुनेछ ।
प्रभातकालीन काउण्टर सेवा अन्तर्गत ग्राहकहरुबाट निक्षेप संकलन तथा चेकको भुक्तानी हुनेछ। बिदाको दिनमा प्रभातकालीन सेवा उपलब्ध नभए पनि बैंकका अन्य सेवा भने यथावतै सञ्चालन हुनेछन् ।
हाललाई मुख्य शाखा कार्यालयबाट सुरु भएको यो प्रभातकालीन काउण्टर सेवाग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै आगामी दिनमा बैंकका अन्य शाखा कार्यालयहरुमा समेत सञ्चालनमा ल्याउने बैंकको योजना रहेको छ ।
प्रकाशितः २०७३ जेठ ४
वि.सं.२०७३ जेठ ४ मंगलवार १२:५३ मा प्रकाशित