काठमाण्डौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिईओको अन्तिम छनौट प्रक्रिया आज शुरु गर्दैछ । प्रारम्भिक छनोटमा परेका ४ जनाको आज कार्यपत्र प्रस्तुती र अन्तरवार्ता हुने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयले जनाएको छ ।
लगानी बोर्डका बर्तमान सिईओ राधेश पन्त, राष्ट्रवैंकका पूर्व डेपुटी गर्भनर महाप्रसाद अधिकारी, सरोज कोईराला र रमेशनाथ बास्तोला नयाँ सिईओका लागि अन्तिम छनोटमा परेका छन् । अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको ३ सदस्यीय टोलीले ८ जनाको नामबाट बोर्डको सिईओका लागि ४ जनाको नाम छनौट गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयमा आज हुने प्रस्तुती र अन्तर्वाताका आधारमा ३ सिईओको नाम छनौट गर्नेछ । मन्त्रीपरिषद् बैठकले ती मध्येबाट एक जनालाई सिईओमा नियुक्त गर्नेछ ।
४ जेठ २०७३, ९.००
वि.सं.२०७३ जेठ ४ मंगलवार १२:५० मा प्रकाशित