
काठमाण्डौं । २३ वटा विदेशी फिल्म फेस्टिभलमा सहभागी जनाएको र भेनिस फिल्म फेस्टिभलमा ‘क्रिटिक्स च्वाइस’ अन्तर्गत बेस्ट फिल्मको अवार्ड जितेको ‘कालो पोथी’को नयाँ ट्रेलर सार्वजनिक भएको छ।
मीनबहादुर भाम निर्देशित कालो पोथीमा खड्काराज नेपाली, सुकराज रोकाया, जितबहादुर मल्ल, बेनिशा हमाल, विपीन कार्की लगायतका कलाकारले अभिनय गरेका छन्। फिल्म जेठ २१ देखि नेपाली हलहरुमा लाग्दै छ।
छिरिङरितार शेर्पाको टिमले निर्माण गरेको फिल्मको लागत ३ करोड ८५ लाख रहेको दाबी गरिएको छ।
४ जेठ २०७३, ३.३०
वि.सं.२०७३ जेठ ४ मंगलवार १६:१३ मा प्रकाशित