
काठमाडौं । सगरमाथा फाइनान्स कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको १५ दशमलव ८५ प्रतिशत बोनस शेयर नेपाल राष्ट्र बैंङ्कले स्वीकृत गरेको छ ।
संस्थाले आफ्नो वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई उक्त बोनस शेयर वितरण गर्ने छ ।
संस्थाले हाल ३ अर्ब ८३ लाख निक्षेप सङ्कल गरी २ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै संस्थाले सो अवधिमा ११ करोड ८७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।
ललितपुरको मानभवनमा केन्द्रीय कार्यालय रहेको संस्थाले हाल १० शाखा वित्तीय कारोबार गरिरहेको छ ।
प्रकाशितः २०७३ जेठ १०
वि.सं.२०७३ जेठ १० सोमवार ११:०९ मा प्रकाशित