
चितवन । जिल्लामा एक अर्बको लगानीमा स्थापना भएको दाना उद्योगबाट उत्पादन सुरु भएको छ। विश्वकै उत्कृष्ट मेसिनसहितको दाना उद्योग नेपालको सबैभन्दा ठूलो ह्याचरी उद्योग चलाइरहेको अविनाश समूह र भारतको पोल्ट्री उद्योगमा अग्रणी मानिने स्काई लार्क समूहको संयुक्त लगानीमा उद्योग स्थापना भएको हो।
उद्योगको मेसिनरी र जग्गाका लागि पचास करोड र कच्चा पदार्थ लगायतका लागि पचास करोड रुपैयाँ लगानी भएको छ।
यो उद्योगले तीन दिन अघिदेखि उत्पादन सुरु गरेको हो। लेयर्स, वोइलर कुखुराका लागि आवश्यक पर्ने दाना यो उद्योगबाट उत्पादन हुनेछ। अहिले उद्योगबाट घण्टाको १० टन दाना उत्पादन हुने गर्दछ ।
‘१० जेठ २०७३, ९।००
वि.सं.२०७३ जेठ १० सोमवार १२:३३ मा प्रकाशित