back
NMB ad

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

Kumari bank ad

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा पुल (बेली ब्रिज) निर्माण गरिएको छ । उत्तरी धादिङको लाइफलाइन मानिने दामन–पाख्रिन मार्गको किन्ताङ खोलामा निर्माण गरिएको पुलमा सवारीसाधन ओहोर दोहोर गराउन थालिएको छ ।

उत्तरी धादिङको तीन गाउपालिकालाई प्रत्यक्ष लाभ पुर्याउने पुलको आइतबार सङ्घीय सांसद रामनाथ अधिकारी र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । खनियाँबास–४ र नेत्रावती डबजोङ गाउँपालिका–१ जोड्ने किन्ताङखोलामा बनेको उक्त पुल ४२ दशमलव ६७ मिटर लामो र चार दशमलव दुई मिटर चौडा रहेको छ । नेपाली सेनाको प्राविधिक सहयोगमा सो पुल निर्माण सम्पन्न भएको हो ।

वर्षाको समयमा पानी बढेपछि खोला तर्न नसक्दा उत्तरी धादिङका स्थानीयलाई सदरमुकामबाट दैनिक उपभोग्य सामान लैजानसमेत कठिनाइ थियो । बिरामी पर्दा हेलिकप्टरको सहारा लिनुपर्ने बाध्यता थियो । उनीहरु अब त्यो बाध्यताबाट मुक्त भएका छन् । उत्तरी धादिङलाई जोड्न अझै दुई पुल बनाउन आग्रह गरिएको सांसद अधिकारीले बताउनुभयो ।

कूल रु एक करोड १० लाखको लागतमा सो पुल निर्माण गरिएको हो । पुल निर्माणकोे खर्च सुरुमा खनियाँबास गाउँपालिका र पछि नुवाकोटको किस्पाङ गाउँपालिका, गङ्गाजमुना गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकाले सहयोग गरेको खनियाँबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले बताउनुभयो । धादिङको उत्तरी भेगलाई सदरमुकाम धादिङबँेसी जोड्ने यो नै मुख्य मार्ग भएकाले पुल निर्माणले जनजीवन सहज र उत्पादित कृषिजन्य उत्पादन बजारसम्म लैजान सकिने उहाँको भनाइ छ ।

ट्रयाक खोलिएको झन्डै चार दशकपछि पुल निर्माण हुँदा उत्तरी क्षेत्रका स्थानीय खुसी छन् । “पुल बनेपछि हामीलाई घरकै ढोका खुलेकोजस्तै अनुभव भइरहेको छ”, स्थानीय प्रकाश तामाङले भन्नुभयो–“सडक भएर पनि पुल नहुँदा घन्टौँ लगाएर हिँडेरै यात्रा गर्न बाध्य थियौँ । कृषिजन्य उत्पादन गाउँमा हरेक वर्ष कुहिएर जान्थ्यो । अब कृषिजन्य उत्पादन गाडीमा बजारसम्म लगेर बिक्री गर्ने र घर खर्च चलाउने, चाडपर्व मनाउने धोको पूरा हुने भएको छ ।”

नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्रि ए र थ्रि बिको स्वामित्वमा रहेको बेली ब्रिज बेत्रावतीबाट ल्याएर किन्ताङफेदीमा जडान गरिएको हो । गत असोज १२ गते शिलान्यास भएसँगै नेपाली सेनाको १४ नम्बर बाहिनीअड्डाको प्राविधिक सहयोगमा पुल निर्माण सम्पन्न भएको हो ।

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७ मा प्रकाशित

You can share this post!

९ लाख ८१ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

९ लाख ८१ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ २ बुधवार १६:३६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

सेयर बजारमा गिरावट आउँदा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

सेयर बजारमा गिरावट आउँदा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

वि.सं.२०८१ जेठ २ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ २ बुधवार १५:०९

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १५:०४

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा  गिरावट आएको...

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति     

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति     

वि.सं.२०८१ जेठ २ बुधवार १४:५७

 तनहुँ, २ जेठ : ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

वि.सं.२०८१ जेठ २ बुधवार १४:३४

काठमाडौँ, २ जेठ : प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्रा...