back
NMB ad

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

Kumari bank ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५ प्रतिशत बढी हो। अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले १८ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिसम्म इन्स्योरेन्सले ३ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको २ अर्ब ८९ करोडको तुलनामा ७.७९ प्रतिशतले धेरै हो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ७३ लाख २५ हजार,लगानी तथा कर्जा आम्दानी ९६ करोड १३ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ३ करोड ४४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

यस्तै कम्पनीको अन्य आम्दानी ३९ लाख ७३ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी ४ अर्ब १२ करोड र खुद दाबी भुक्तानी २ अर्ब ९३ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ८.९८ रुपैयाँबाट बढेर ११.०५ रुपैयाँ भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १७७.२५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४२१.५४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४९.८० गुणा कायम भएको छ ।

यस अवधिमा कम्पनीले ३ अर्ब ७९ करोड रुपैयाँ कुल खर्च गरेको छ । कम्पनीको महाविपत्ती कोषको आकार १५ करोड ९१ लाख र रिटेन्ड अर्निङ ८५ करोड ९२ लाख रुपैयाँ बराबर रहेको छ ।

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८ मा प्रकाशित

You can share this post!

आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य   

आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य   

वि.सं.२०८१ जेठ २ बुधवार १६:५०

काठमाडौँ, २ जेठ : आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर...

सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत एक सय ११ खर्ब अनुमान  

सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत एक सय ११ खर्ब अनुमान  

वि.सं.२०८१ जेठ २ बुधवार १६:४६

काठमाडौँ, २ जेठ : सोह्रौँ योजना कार्यान्वयनका लागि करिब रु...

एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक   

एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक   

वि.सं.२०८१ जेठ २ बुधवार १६:४०

काठमाडौँ, २ जेठ : निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी...

९ लाख ८१ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

९ लाख ८१ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ २ बुधवार १६:३६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

सेयर बजारमा गिरावट आउँदा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

सेयर बजारमा गिरावट आउँदा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

वि.सं.२०८१ जेठ २ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ २ बुधवार १५:०९

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...