काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले रुचाएका छन् । कम्पनीका स्टिलहरू प्रति एक्स्पोमा सहभागीहरूको विशेष चासो देख्न सकिन्छ ।
हाइड्रो एक्स्पोमा कम्पनीले विशेष गरी जलविद्युत परियोजना निर्माणका क्रममा आवश्यक पर्ने स्टिलहरूलाई प्रदर्शन गरेको थियो । नेपालमा जलविद्युतलाई दीर्घकालसम्म विकास गर्न सबैभन्दा राम्रो स्टिल प्रयोग गर्नुपर्ने भएकाले प्रिमियर स्टिलको प्रयोग गर्न सुझाव दिइएको स्टलमा रहेका कम्पनीका प्रतिनिधिहरू बताउँछन् ।
जलविद्युतको विकासले नेपालको आर्थिक विकासमा फड्को मार्ने भएकाले त्यसका लागि गुणस्तरीय र भरपर्दो स्टिल प्रयोग गर्नुपर्ने उनीहरूको भनाइ छ ।
प्रिमियर स्टिल एनएस सर्टिफाईड कम्पनी हो । यसले ८ एमएमदेखि ३६ एमएमसम्मका स्टिलहरू बनाउने गरेको छ । जुन नेपालमै पहिलो भएको कम्पनीको दावी छ ।
स्थापना २०७५ मा स्थापना भएको यस स्टिल उद्योगले घर, आवास, पुल, हाइड्रो लगायतका सबै क्षेत्रमा रड वा स्टिल हुने भएकाले प्रदर्शनीमा सहभागी भएको कम्पनीका प्रतिनिधिहरू बताउँछन् ।
यसअघि, ३६ एमएमको छड छिमेकी मुलुक भारत वा अरु देशहरुबाट आयात गर्ने गरिएको र नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त प्रिमियर स्टिलको उत्पादनसँगै विदेशबाट आयात गर्नुपर्ने अवस्था तोडिएको ब्रान्ड म्यानेजर राउतले सुनाए ।
अर्थतन्त्र सुस्ताउँदा पनि समग्र बजारको करिब १० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको कम्पनीले जानकारी दिएको छ ।
वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९ मा प्रकाशित