back
Kumari Bank

बागलुङमा तीन लाख मुल्य पर्ने विद्युतीय रिक्सा सञ्चालनमा

Nepal Bank

काठमाण्डौं ।  बागलुङ बजारवासीलाई लक्षित गरी यातायात व्यवसायीहरुले विद्युतीय रिक्सा सञ्चालनमा ल्याएका छन् । दैनिक पाँचवटा रिक्साले सर्वसाधारण यात्रुलाई सेवा दिइरहेका छन् ।

बागलुङ कालिका भगवती यातायात प्रालिको पहलमा तीन लाख मूल्य पर्ने विद्युतीय रिक्सा सञ्चालनमा ल्याइएको छ ।

छजना यात्रु बोक्ने क्षमताको रिक्सामा सामान पनि ढुवानी गर्न सकिने व्यवस्था छ । रिक्सा सञ्चालनमा आएसँगै जरुरी कामका लागि लामो पैदल यात्रा गर्नुपर्ने झन्झटबाट यात्रुले मुक्ति पाएका छन् ।
बजार क्षेत्रमा प्रतियात्रु २० रुपैयाँ र अलि लामो दूरीमा ५० रुपैयाँ भाडा लिने गरेको चालक बताउँछन् । ट्राफिक प्रहरीले ‘रुट परमिट’ लिएरमात्र रिक्सा सञ्चालनमा ल्याउन आग्रह गरेपछि त्यसको प्रक्रिया अघि बढेको छ । रिक्सालाई यातायात व्यवस्था कार्यालयमा दर्ता गरिने जनाइएको छ ।

एउटा रिक्साले अहिले दैनिक दुई हजारसम्म कमाइ गरेको छ । रिक्साले व्यवसायी र चालकको आयआर्जन पनि बढाएको छ ।

प्रकाशितः २०७३ जेठ १३

वि.सं.२०७३ जेठ १३ बिहीवार १३:२७ मा प्रकाशित

You can share this post!

मनसुनजन्य विपद्ः विगतमा के भयो, के सिकियो ?   

मनसुनजन्य विपद्ः विगतमा के भयो, के सिकियो ?   

वि.सं.२०८२ असार १९ बिहीवार ०६:२५

प्रगति ढकाल   काठमाडौँ, १९ असारः नेपालमा विगत १० वर्षको अवधिमा...

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो   

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो   

वि.सं.२०८२ असार १९ बिहीवार ०६:२१

तानसेन (पाल्पा) : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा...

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमय दर   

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार १९ बिहीवार ०६:१६

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आज १९ आषाढ २०८२ बिहिवार, कुन राशिको कस्तो रहला ?

आज १९ आषाढ २०८२ बिहिवार, कुन राशिको कस्तो रहला ?

वि.सं.२०८२ असार १९ बिहीवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

श्रीलङ्कामाथि नेपालको उत्कृष्ट जित   

श्रीलङ्कामाथि नेपालको उत्कृष्ट जित   

वि.सं.२०८२ असार १८ बुधवार २१:०४

काठमाडौँ : राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...

कर्णाली विकास बैंक घोटला प्रकणमा मिश्र पक्राउ   

कर्णाली विकास बैंक घोटला प्रकणमा मिश्र पक्राउ   

वि.सं.२०८२ असार १८ बुधवार २०:५७

नेपालगञ्ज  : नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति...