back

महानगरले उठायो ३९ करोड घरजग्गा कर, करिब २० करोड उठ्न बाँकी !

काठमाण्डौं । काठमाडौँ महानगरपालिकाले घरजग्गा करको शीर्षकमा चैत मसान्तसम्ममा रु ३९ करोड असुल गरेको छ । महानगरले ५४ करोड रुपैयाँ उठाउने लक्ष्य लिएकोमा अझै धेरै उठ्न बाँकी रहेको जनाएकोछ ।

पछिल्लो समय महानगरपालिकाभित्र सञ्चालित होटल क्रमशः करको दायरामा आउन थाले पनि सार्वजनिक संस्थान र ठूला व्यापारिक भवनले भनेझैं कर तिर्न नआएको कामपाले जनाएको छ । कामपाले कर नतिर्नेमाथि कानुनी प्रक्रिया अघि बढाएपछि पछिल्लो समय कर तिर्नका लागि विवरण लिएर भने आउने गरेका छन् ।

सार्वजनिक जग्गामा बनाइएका घर व्यापारिक प्रयोजनका लागि उपयोग भएको अवस्थामा जग्गा कर पनि तिर्नुपर्ने हुन्छ । तर यस्ता संस्थान भने सार्वजनिक जग्गाको कर तिर्नुनपर्ने भन्दै आलटाल गरिरहेका छन् ।

दुग्ध विकास संस्थान, नाचघर कम्प्लेक्स, वल्र्ड टे«ड सेन्टर, पुष्पाञ्जलि सिनेमा हल, नेसनल ट्रेडिङ लि, केएल टावर, अल्फाबिटा आदिले कर नतिरेका कारण लक्ष्यमा पुग्न नसकिएको महानगरले जनाएकोछ ।

महानगरपालिकाले कर नतिर्ने व्यावसायिक भवन र संस्थानको चलअचल सम्पत्तिको रोक्का गर्ने, नवीकरण नगर्ने, फोहर नउठाउनेजस्ता कारबाही गर्ने बताएको छ ।

१३ जेठ २०७३, ९।००

वि.सं.२०७३ जेठ १३ बिहीवार १३:०४ मा प्रकाशित

You can share this post!

नेप्सेमा एक बैंकको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक बैंकको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८० असोज ७ आइतवार १६:१३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

वि.सं.२०८० असोज ७ आइतवार १५:३४

काठमाडौँ, ७ असोज : नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट...

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

वि.सं.२०८० असोज ७ आइतवार १५:२८

काठमाडौँ ७ असोजः त्रिशूली चिलिमे र सहायक नदीहरुको बिजुली राष्ट्रिय...

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

वि.सं.२०८० असोज ७ आइतवार १५:२२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८० असोज ७ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८० असोज ७ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...