back
Kumari Bank

भारतमा ऊर्जा बैंक स्थापना गर्न नेपालको आग्रह !

Nepal Bank

काठमाण्डौं । हिउँद याममा आइपर्ने ऊर्जा संकट समाधानका लागि नेपालले औपचारिक रुपमा ऊर्जा वैंक स्थापनाको अवधारणा भारतसमक्ष प्रस्ताव गरेको छ । भारतीय पक्षले यसबारे अध्ययन गरेर छिट्टै निर्णय दिने प्रतिबद्धता जनाएको छ ।

सिंचाई, ऊर्जा तथा बाढी नियन्त्रण सम्बन्त्री दुई देशका सहसचिवस्तरीय वैठकमा नेपालले यो प्रस्ताव राखेको हो । सो प्रस्तावअनुसार वर्षाको समयमा नेपालले आन्तरिक खपतभन्दा बढी भएको बिजुली भारत निर्यात गर्नेछ भने हिउँदे संकटको समयमा भारतबाट नेपाल निर्यात गर्नेछ ।

यससम्वन्धी सामान्य छलफल यस अघि भएपनि नेपालले औपचारिकरुपमा प्रस्ताव गरेको पहिलोपटक भएको नेपाली प्रतिनिधी मण्डलका सदस्य एवं नपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक मुकेशराज काफ्लेले बताए । उनका अनुसार भारतीय पक्षले नेपालको प्रस्तावलाई ‘सकारात्मक’ रुपमा लिंदै आफ्नो सरकारसमक्ष यो कुरा राख्ने बताएको छ ।

नेपालमा केही ठूला विद्युत आयोजनाहरु निर्माण भइरहेकाले नेपालले केही वर्षमा नै वर्षातको समयमा आन्तरिक मागभन्दा बढी विद्युत उत्पादन गर्ने सम्भावना छ ।

१४ जेठ २०७३, ४.००

वि.सं.२०७३ जेठ १४ शुक्रवार १६:२८ मा प्रकाशित

You can share this post!

डोङफेङ नामीद्वारा नेपालभरका लागि “फाइभ स्टार अफर”को घोषणा

डोङफेङ नामीद्वारा नेपालभरका लागि “फाइभ स्टार अफर”को घोषणा

वि.सं.२०८२ असार १२ बिहीवार १५:२२

काठमाडौं : नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धि‍ले...

यी हुन् आज सर्वाधिक कमाउने कम्पनीहरु, कुनले कति कमाए ?

यी हुन् आज सर्वाधिक कमाउने कम्पनीहरु, कुनले कति कमाए ?

वि.सं.२०८२ असार १२ बिहीवार १५:१५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

बुटवल पावर कम्पनीसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बुटवल पावर कम्पनीसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ असार १२ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

वि.सं.२०८२ असार १२ बिहीवार १४:२१

काठमाडौं : पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको...

विवादास्पद टेक एण्ड पे पीपीए फिर्ता : इप्पानको भद्र आन्दोलनले दियो सार्थक परिणाम

विवादास्पद टेक एण्ड पे पीपीए फिर्ता : इप्पानको भद्र आन्दोलनले दियो सार्थक परिणाम

वि.सं.२०८२ असार १२ बिहीवार १४:१०

काठमाडौं : नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा...

समृद्धि फाइनान्सका चार शाखाको दोस्रो वार्षिकोत्सव सम्पन्न

समृद्धि फाइनान्सका चार शाखाको दोस्रो वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ असार १२ बिहीवार १२:५४

समृद्धि फाइनान्स लिमिटेडका गैर, औरही, मधुवन र खरेन्द्रपुर शाखाहरूले आ–आफ्नो...