back

साताभर १६ सय रुपैयाँले घट्यो सुन

काठमाण्डौं ।  एक साताको अवधिमा सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार सुन प्रतितोला ५६ हजार रुपैयाँ रहेको थियो।

यो मूल्य शुक्रबारसम्म आउँदा ५४ हजार ४ सय रुपैयाँमा झरेको छ। सोमबार स्थिर रही मंगलबार सुन ५५ हजार ८ सयमा झरेको थियो। बुधबार ५५ हजार १ सय, बिहिबार ५५ हजार हुँदै शुक्रबार ५४ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भयो।

त्यस्तै चाँदीको भाउ पनि घटेको छ। आइतबार ७ सय ७० रुपैयाँ रहेको चाँदीको भाउ शुक्रबारसम्म आउँदा ७ सय ५० रुपैयाँ कायम भएको छ।

सुध्रँदै गएको अमेरिकी अर्थतन्त्र र संघीय बैंकले ब्याजदर बढाउने अपेक्षा तथा बढ्दै गएको कच्चा तेलको मूल्यले गर्दा सुनको भाउलाई अन्तर्राष्ट्रिय बजारमा प्रभाव पारेको हो।

यदि अमेरिकी संघीय बैंकले आगामी वित्तीय अवधिमा ब्याजदर बढाएमा सुनको भाउ अझै घट्ने छ। यदि व्याजदर नबढेमा भने सुन पुनः उकालो लाग्ने विश्लेषण गरिएको छ।

प्रकाशितः २०७३ जेठ १५

वि.सं.२०७३ जेठ १५ शनिवार १२:०५ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...