
काठमाण्डौं । सरकारले आफूले निर्माण गर्ने आयोजनामा सर्वसाधारणलाई ४९ प्रतिशतसम्म सेयर दिने भएको छ । सरकारले आगामी आर्थिक बर्षबाट लागू हुने गरी ल्याएको ‘घर घरमा बिजुली जन जनमा सेयर’ कार्यक्रम अन्तर्गत सर्वसाधारणको सहभागिता बढाउन खोजेको हो ।
अहिले सरकारी तथा निजी क्षेत्रले बनाएको आयोजनामा ३० प्रतिशतसम्म सेयर पाइन्छ । यसमध्ये १० प्रतिशत आयोजना प्रभावित वासिन्दाले पाएपछि बाँकी २० प्रतिशतमा देशभरीका लगानीकर्तालाई अवसर दिने गरिन्थ्यो ।
सरकारले केही योजनाहरुको नामै किटेर सर्वसाधारणलाई ४९ प्रतिशत सेयर दिने कुरा गरेको हो । सरकारले तमोर, सुनकोशी, दूधकोशी, ठोसे खिम्ती शिवालय, नौमुरे, शारदा बबइ, नलसिं गाड, उत्तरगंगा आयोजनामा ४९ प्रतिशत सेयर सर्वसाधारणलाई सेयर छुट्याएको हो ।
सरकारले यी आयोजना निर्माण तथा विकास गर्नका लागि अर्को जलविद्युत कम्पनी स्थापनासमेत गर्ने भएको छ । अहिले पनि जलविद्युत आयोजनाको विकास गर्न जलविद्युत विकास कम्पनी छ ।
१७ जेठ २०७३, १२।००
वि.सं.२०७३ जेठ १७ सोमवार १३:४३ मा प्रकाशित