back
NMB ad

चार महिनामा साढे ४० लाखले पाए रोजगारी !

Kumari bank ad

बेइजिङ । चीनले सन् २०१६ को पहिलो चार महिनामा ४० लाख ४३ हजार रोजगारीका अवसर सिर्जना गरेको बताइएको छ। प्रतिकुल आर्थिक अवस्थाका बीच पनि चीनको रोजगार बजार स्थिर रहेको चीनका मानव स्रोत एवम् सामाजिक सुरक्षा सहायक मन्त्री जिन चाङ जिनले एक पत्रकार सम्मेलनमा बताए।

उनले रोजगार बजार स्वभाविक तहमा नै कायम रहेको प्रमुख रोजगार बजार सूचकाङ्कले देखाएको बताए। जिनले श्रम वृद्धि गर्ने उद्योगमा कमी आउँदा रोजगार बजारमा संरचनागत असन्तुलन भएको तर यसलाई आधुनिक प्रविधिमा काम गर्ने दक्ष कामदार उत्पादनमा भएको वृद्धिले सन्तुलन गरिएको दाबी गरे।

सरकारले रोजगार बजारलाई स्थिर राख्न नयाँ रोजगारीका मौकाहरुको सिर्जना गर्ने कुरालाई प्राथमिकतामा राखेको मन्त्री जिनले जनाए। उनले चीनले सन् २०१६ भित्रमा एक करोड नयाँ सहरी रोजगारीका अवसर सिर्जना गर्दै सहरी बेरोजगार समस्यालाई ४.५ प्रतिशतको दरमा झार्ने कार्ययोजना रहेको बताए।

सरकारले बेरोजगार समस्यालाई ४.५ प्रतिशतभन्दा तल पुर्याउने योजनालाई सन् २०१६ को मार्चमा सार्वजनिक गरेको थियो । चिनियाँ सहरी क्षेत्रमा ४.५ प्रतिशतको बेरोजगार दर रहेको आधिकारीक आङ्कडा छ ।

१९ जेठ २०७३, १.००

वि.सं.२०७३ जेठ १९ बुधवार १३:२३ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...