
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको विशेष अधिवेशनको आज यहाँ आयोजित उद्घाटन समारोहमा खेलकुदलाई राजनीतिकरण गर्न नहुनेमा जोड दिइएको छ ।
खेल आफैँमा स्वतन्त्र विधा भएको भन्दै कार्यक्रमका वक्ताहरूले खेलसँग सम्बन्धित संस्थाहरू राजनीतिक आग्रह पूर्वाग्रहबाट मुक्त हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष महेश आचार्य, मञ्चका निवर्तमान केन्द्रीय अध्यक्ष अजय फुयाँल, सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्य, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रुद्र भट्ट, कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्कीका सभापति रामकृष्ण ज्ञवाली, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चिरञ्जीवि पोखरेल, प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीक, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका अधिकृत सूर्य थपलिया, नेपाल ह्यान्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङ, तेक्वान्दो सङ्घका केन्द्रीय सदस्य मदन केसी, मञ्च कास्कीका कार्यबाहक अध्यक्ष सन्देश श्रेष्ठ, सचिव दिननाथ बराल, सहसचिव अर्जुन गिरी लगायतका वक्ताले आफ्नो विचार व्यक्त गरेका थिए ।
२१ जेठ २०७३, ११।३०
वि.सं.२०७३ जेठ २१ शुक्रवार १६:३२ मा प्रकाशित