back
NMB ad

संस्थाको हित गर्ने नाममा श्रेस्ताको हित नबिर्सिन प्रधानमन्त्रीको आग्रह

Kumari bank ad

काठमाडौं । राजधानीमा आयोजित नेपाल अडिटर्स एशोसियशन (अडान) को चौथो महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले देशमा आर्थिक अनुशासन कायम राख्न लेखापरिक्षकको महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताए । देशलाई आर्थिक अनुशासनमा राख्ने कुरामा अडिटर्सहरुले संस्थाको हित गर्ने नाममा श्रेस्ताको हित नबिर्सिन समेत ओलीले आग्रह गरेका छन् ।

चार्टर्ड एकाउण्टेण्ट ऐनमा भएको विभेदकारी व्यवस्थाका कारण नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थाको केन्द्रीय समितिमा अडानको प्रतिनिधित्व हुन नसकेकाले ऐन संशोधन गरी विभेदकारी व्यवस्था हटाउन अडानका अध्यक्ष मोहनराज रेग्मीले माग गरेका थिए । यस मागका सम्बन्धमा प्रधानमन्त्री ओलीले सरकारले जायज मागको सुनुवाई गर्ने तर माग पूरा गराउने नाममा नारा जुलुस र आन्दोलन जस्ता गतिविधि नगर्न सुझाव दिए ।

उद्घाटन कार्यक्रममा अडानका जिल्लाका सदस्यहरुबाट संकलित रकमको एकमुष्ट रू. ६ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषलाई दिइएको र ‘मेरो धरहरा मै बनाउँछु’ अभियानका लागि पनि अडानले सहयोग गर्ने बताइएको छ । रजिस्टर्ड अडिटर्सको चौथो महाधिवेशनको बन्द सत्र शनिबार र आइतबार राजधानीमा चल्नेछ ।
प्रकाशितः २०७३ जेठ २२

वि.सं.२०७३ जेठ २२ शनिवार १४:१३ मा प्रकाशित

You can share this post!

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३७

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने...

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया  कार्यक्रम सम्पन्न

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय,...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:५८

काठमाडौँ, १८ वैशाख : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती...