back

ग्रिन डेभलपमेण्टको सेयरमा अर्बौको आवेदन, इक्रा भन्छ पैसा नफसाएको राम्रो

काठमाण्डौं । ग्रीन डेभलपमेण्ट बैंकले आइतबारदेखि निष्काशन गरेको साधारण सेयरमा २ दिनमा झण्डै ३० गुणा बढीको आवेदन परेको छ । ४ करोड ५० लाख रुपैंयाको सेयर निष्काशन भएकोमा दोस्रो दिनसम्ममा १ अर्ब २८ करोड रुपैंयाको आवेदन परेको हो ।

बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटल मार्केटका अनुसार सोमबार बेलुकासम्ममा साधारण सेयरका लागि ३० गुणा बढीको आवेदन परेको छ । बागलुङमा मुख्य कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले १० करोड रुपैंया चुक्ता पूँजी पुर्याउन ४ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

इक्रा नेपालले ग्रीन डेभलपमेण्ट बैंकको साधारण सेयरलाई रेटिंग ४ दिएको छ । यसले बैंकको वित्तीय अवस्था कमजोर रहेको जनाउँछ । बैंकको वित्तीय अवस्था त्यति सन्तोषजनक नभएको र सर्वसाधारणमा बिक्रीमा ल्याइएको सेयर संख्या कम भएकाले लगानीकर्ताले धेरै रकम फसाउनु फाइदाजनक देखिदैन । निष्काशन गरेको सेयर संख्या कम हुनुका साथै आवेदक धेरै हुने भएकाले सेयर बाँडफाँडमा गोलाप्रथा हुने पक्का छ ।

२५ जेठ २०७३, ११.००

वि.सं.२०७३ जेठ २५ मंगलवार ११:४६ मा प्रकाशित

You can share this post!

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

वि.सं.२०७९ माघ २३ सोमवार १९:३५

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको शेयरमा पहिलो दिनमै माग भन्दा...

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, के हो इन्स्टा बाइ ? यस्तो छ सुविधा

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, के हो इन्स्टा बाइ ? यस्तो छ सुविधा

वि.सं.२०७९ माघ २३ सोमवार १९:१६

काठमाडौं । एनएमबि बैंकले आफ्नो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा...

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो वर्तमान आर्थिक वित्तीय अवस्था (हेर्नुहोस् पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो वर्तमान आर्थिक वित्तीय अवस्था (हेर्नुहोस् पूर्णपाठ)

वि.सं.२०७९ माघ २३ सोमवार १८:५३

काठमाडौ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक वित्तीय अवस्था...

५४ हजार ७२६ कित्ता बिक्री भयो नबील बैंकको सेयर, प्रतिकित्ता कति ?

५४ हजार ७२६ कित्ता बिक्री भयो नबील बैंकको सेयर, प्रतिकित्ता कति ?

वि.सं.२०७९ माघ २३ सोमवार १५:३०

काठमाडौं । सोमबार नबील बैंकको सेयर मूल्य घटेको छ ।...

यी हुन् आज सर्वाधिक गुमाउने कम्पनीहरु, कुनले कति गुमाए ?

यी हुन् आज सर्वाधिक गुमाउने कम्पनीहरु, कुनले कति गुमाए ?

वि.सं.२०७९ माघ २३ सोमवार १५:२१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकले...

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी, कुनको कति ?

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी, कुनको कति ?

वि.सं.२०७९ माघ २३ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकले...