back
Kumari Bank

खेतीपातीबाटै हुन्छ महिनाको सवा लाख आम्दानी !

Nepal Bank

पाल्पा । उमेरले ७० वर्ष पुग्दा पनि खिमानन्द पोखरेलको कृषि व्यवसायप्रतिको मोह झन झन बढ्दैछ । फुर्तिला पोखरेलले तरकारी, फलफूल र पशुपालन व्यवसायबाट वार्षिक रु १५ लाख बढी आम्दानी गर्छन् ।

जिल्लाको पश्चिमी भेगमा अवस्थित देउराली–७ का कृषक पोखरेलले विसं २०५१ मा पाँच रोपनी जग्गाबाट सुरु गरेको तरकारी व्यवसाय अहिले १३ रोपनीमा विस्तार गरेका छन् । उनले तरकारी बिक्री गरी गत वर्ष रु सात लाख आम्दानी गरे । पोखरेलले चार सय बोट केरा, सुन्तला, मौसम, कागती लगाएर खाली जग्गालाई हराभरा पारेका छन् ।

“फलफूलबाट वार्षिक रु दुई लाख बढी आम्दानी हुन्छ,” उनले भने । उनले पशु फार्म समेत सञ्चालन गरेका छन् । उक्त फार्ममा हाल १२ वटा उन्नत जातका गाई, तीन वटा लैनो भैँसी छन् । दैनिकजसो ४० देखि ५० लिटरसम्म दूध उत्पादन गरी उहाँले मासिक रु ६० हजारदेखि रु ७० हजार आम्दानी गर्दै आएका छन् ।

“गाउँको खेतीयोग्य जग्गा छोडेर सहर पस्ने लहर चलेको छ, गाउँ छोड्ने र विदेशिनेलाई गाउँमै लाखौँ रुपैयाँ कमाउन सकिने बाटो देखाउन यो व्यवसाय गरेको हुँ,” उनले बताए । पोखरेलले तरकारी, फलफूल र पशुपालनसँगै अहिले धान र तोरी खरिद गरी गाउँमै बिक्री गर्दै आएका छन् । उनको कृषि व्यवसायबाट चार जनाले रोजगारी पाएका छन् ।

“सहरमा एक आना जग्गा किन्न लाखौँ रुपैयाँ तिर्नु पर्छ, गाउँमा न्यून मूल्यमा सयौँ रोपनी जग्गा पाइन्छ, त्यही जग्गामा व्यवसाय गरेर लाखौँ कमाउन सकिने प्रशस्त सम्भावना छ,” उनले भने । गाउँकै जग्गालाई सदुपयोग गर्दै कृषि उत्पादनमा जोड दिन सके खेर गएका पाखा पखेराबाट लाखौँ आम्दानी गर्न सकिने पोखरेल बताउँछन् । दिनहुँ बढ्दो सङ्ख्यामा खाडी मुलुक विदेशिने युवालाई कृषिमा आकर्षित गराउन आफूले व्यवसाय गर्दैआएको उनको भनाइ छ ।

३१ जेठ २०७३, ११।००

वि.सं.२०७३ जेठ ३१ सोमवार १४:५४ मा प्रकाशित

You can share this post!

बिपी राजमार्गको काभ्रे–खण्डमा राति यातायात सञ्चालनमा रोक   

बिपी राजमार्गको काभ्रे–खण्डमा राति यातायात सञ्चालनमा रोक   

वि.सं.२०८२ असार २० शुक्रवार १८:१९

काभ्रेपलाञ्चोक  : बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १०...

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत   

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत   

वि.सं.२०८२ असार २० शुक्रवार १७:१९

कैलाली  : कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै,...

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

वि.सं.२०८२ असार २० शुक्रवार १७:१०

काठमाडौं । ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स...

लागत नजिक अण्डाको मूल्य   

लागत नजिक अण्डाको मूल्य   

वि.सं.२०८२ असार २० शुक्रवार १६:५४

नारायणगढ (चितवन) : गर्मी मौसमका कारण अण्डाको उत्पादन घटेसँगै यसको...

मञ्जुश्री फाइनान्सद्वारा केडिया आँखा अस्पताललाई एसी सहयोग

मञ्जुश्री फाइनान्सद्वारा केडिया आँखा अस्पताललाई एसी सहयोग

वि.सं.२०८२ असार २० शुक्रवार १६:४८

वीरगञ्ज : संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो...

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित   

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित   

वि.सं.२०८२ असार २० शुक्रवार १६:४१

काठमाडौँ : राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन्...