back
Kumari Bank

आज फेरि बजारमा नयाँ रेकर्ड, बैंकहरुको सेयर मूल्यमा बृद्धि !

काठमाण्डौं । बैंकिङ समूह चम्किएपछि आज फेरि पूँजी बजार आज सोमबार १६०९ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएकोछ । बजार आज ११.६९ अंकले बढ्न पुगेको हो । बजारलाई बैंकिङ समूहले उचालेको हो ।

आज कारोबार रकम पनि एक अर्ब ७१ करोड रुपैयाँ छ । यो रकम हिजो आइतबारको भन्दा केही कम भए पनि औसत कारोबार रकम भने बढी नै हो ।

आज माइक्रोफाइनान्स र विकास बैंकहरुको सेयर मूल्य १० प्रतिशतसम्म बढेको छ । ६ वटा कम्पनीको सेयर मूल्य नौ प्रतिशत भन्दा धेरैले बढेको छ । आरएमडिसीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

बजार खुल्ना साथ ठूला बाणिज्य बैंकहरुको मूल्य निकै बढ्यो । एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसविआई, नविल, हिमालयन बैंक लगायतका बैंकहरुको सेयर मूल्यमा ठूलो बृद्धि देखिएको थियो । कारोबार सुरु हुनासाथ २५ अंकसम्मले बढेको बजार विस्तारै नकारात्मक हुँदै पुनः उकालो लागेको हो ।

३१ जेठ २०७३, ३.३०

वि.सं.२०७३ जेठ ३१ सोमवार १५:४८ मा प्रकाशित

You can share this post!

कालीगण्डकी नदीमा बेलिब्रिज जडान   

कालीगण्डकी नदीमा बेलिब्रिज जडान   

वि.सं.२०८२ असार ३१ मंगलवार १२:४२

मुस्ताङ : यहाँको घरपझोङ गाउँपालिका–२ र १ जोड्ने कालीगण्डकी नदीमा...

सामान्य प्रशासन मन्त्री गुप्ताले दिए राजीनामा   

सामान्य प्रशासन मन्त्री गुप्ताले दिए राजीनामा   

वि.सं.२०८२ असार ३१ मंगलवार ११:५०

काठमाडौँ :  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट...

ऊर्जामा निजी क्षेत्रको योगदान ऐतिहासिक, तर सरकारी उदासीनता गम्भीर चुनौती: इप्पान अध्यक्ष कार्की

ऊर्जामा निजी क्षेत्रको योगदान ऐतिहासिक, तर सरकारी उदासीनता गम्भीर चुनौती: इप्पान अध्यक्ष कार्की

वि.सं.२०८२ असार ३१ मंगलवार ११:४०

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष...

थप १ करोड ४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

थप १ करोड ४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८२ असार ३१ मंगलवार ११:२०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद...

परराष्ट्रमन्त्रीको एक वर्षः कूटनीतिक सम्बन्धमा नयाँ आयाम थप   

परराष्ट्रमन्त्रीको एक वर्षः कूटनीतिक सम्बन्धमा नयाँ आयाम थप   

वि.सं.२०८२ असार ३१ मंगलवार ११:१३

भीष्मराज ओझा  काठमाडौँ : परराष्ट्र मन्त्रालयमा डा आरजु राणा देउवाले...

भेटायोको नयाँ अफर: सोफा सफाइ सेवा अब मात्र ६०० रुपैंयामा प्रति सिटरमा

भेटायोको नयाँ अफर: सोफा सफाइ सेवा अब मात्र ६०० रुपैंयामा प्रति सिटरमा

वि.सं.२०८२ असार ३१ मंगलवार ११:०४

काठमाडौं । अब घरमै बसेर पनि प्रोफेशनल सोफा सफाइ सेवा...