back

आइफेल टावर अमेरिकी झण्डाको रङ्गले रङ्ग्याइने !

Nepal Bank

पेरिस । अमेरिकाको ओल्र्याण्डोमा भएको हत्याकाण्डको विरोध तथा अमेरिकी नागरिकप्रति ऐक्यवद्धता जनाउन सोमबार राति फ्रान्सको राजधानी पेरिसमा रहेको आइफेल टाउरमा अमेरिकी झण्डाको रङ्गमा रङ्ग्याइने भएको छ ।

सोमबार साँझ अमेरिकाको झण्डाको रङ्ग रातो, सेतो र नीले रङ्गले आइफेल टाउरलाई उज्यालो पारिने भएको पेरिसबाट प्राप्त समाचारमा जनाइएको छ ।  पेरिस नगरले सोमबार सो कार्यक्रम राखेको विज्ञप्तिमार्फत जानकारी दिएको समाचारमा जनाइएको छ । त्यसैगरी पेरिस नगरको हलमा पनि फ्रान्सेली झण्डा र त्यसको साथमा समलिङ्गी समुदायहरुको रेन्बो झण्डा फहराइने भएको बताइएको छ ।

पेरिस नगरका नगरप्रमुख आन्नी हिदाल्गोले भन्नुभयो– अमेरिकामा भएको सो नरसंहारपछि अमेरिकी नागरिकहरुप्रति ऐक्यबद्धता जनाउनुको साथै उनीहरुप्रति सान्त्वना प्रदान गर्न यो कार्यक्रम राखिएको हो ।

संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको ओल्र्याण्डो सहरमा अवस्थित रात्रि क्लबमा गोली चलाएर एक व्यक्तिले कम्तीमा पनि ५० जनाको हत्या गरेको थियो । आइतबारको सो घटनाको विश्वव्यापी रुपमा निन्दा भएको छ । साथै विश्वका नागरिकले अमेरिकीलाई समवेदना पनि पठाएका छन् ।

सो रात्रि क्लबमा एक जना सशस्त्र बन्दुकधारीले आइतबार गोली चलाउदा कम्तीमा पनि ५० जनाको मृत्यु भएको थियो । अरु दर्जनौँ घाइते भएका छन् । घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

३१ जेठ २०७३, १।००

वि.सं.२०७३ जेठ ३१ सोमवार १५:३४ मा प्रकाशित

You can share this post!

आईएमई लाइफ इन्स्योरेन्सका बीमित र कर्मचारीलाई आमा हस्पिटलमा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित र कर्मचारीलाई आमा हस्पिटलमा ५० प्रतिशतसम्म छुट

वि.सं.२०८२ असार ६ शुक्रवार १५:०१

काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता र कर्मचारीले...

उपनिर्वाचन र राष्ट्रियसभा निर्वाचनबारे प्रधानमन्त्रीसँग आयोगको परामर्श

उपनिर्वाचन र राष्ट्रियसभा निर्वाचनबारे प्रधानमन्त्रीसँग आयोगको परामर्श

वि.सं.२०८२ असार ६ शुक्रवार १४:४७

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोग, नेपालले प्रतिनिधिसभा...

देशभर मनसुन फैलियो, अब सक्रिय वर्षा हुने पूर्वानुमान

देशभर मनसुन फैलियो, अब सक्रिय वर्षा हुने पूर्वानुमान

वि.सं.२०८२ असार ६ शुक्रवार १४:०८

काठमाडौँ : यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ...

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत   

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत   

वि.सं.२०८२ असार ६ शुक्रवार १४:०३

काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट...

मुद्रास्फीति बढ्दै जाँदा जापानमा चामलको मूल्य दोब्बर   

मुद्रास्फीति बढ्दै जाँदा जापानमा चामलको मूल्य दोब्बर   

वि.सं.२०८२ असार ६ शुक्रवार ११:४३

टोकियो : मे महिनाको १२ महिनामा जापानमा चामलको मूल्य दोब्बर...

सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै   

सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै   

वि.सं.२०८२ असार ६ शुक्रवार ११:१४

काठमाडौँ : टी–२० आई सिरिज जित्ने लक्ष्यका साथ आज नेपाल...