back
NMB ad

इन्धन र ऊर्जा संकट : राष्ट्रिय सुरक्षामा प्रमुख खतरा र चुनौति

Kumari bank ad

काठमाण्डौं । राष्ट्रिय सुरक्षा नीति, २०७३ ले इन्धन र ऊर्जा संकटलाई पनि नेपालको राष्ट्रिय सुरक्षामा खतरा र चुनौतिका रुपमा औंल्याएको छ। यसका साथसाथै बाह्य हस्तक्षेप, खुला अन्तर्राष्ट्रिय सीमाना, सीमा अतिक्रमण, बाह्य घूसपैठ र चलखेललाई खतरा र चुनौतिका रुपमा समावेश गरेकोछ ।

खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेको डकुमेन्टमा आन्तरिक खतरा र बाह्य गरी दुई समूहमा विभिन्न विषयलाई बूँदागत औँल्याइएको छ। राजनीतिक चुनौति र खतरा शीर्षकमा शासकीय स्वरुप रुपान्तरण र संक्रमणकाल, राजनीतिक अस्थिरता र विभाजन, ध्रुविकरण, गैरसंवैधानिक गतिविधि र अवाञ्छित बाह्य प्रभावलाई प्रमुख खतरा बताइएको छ।

त्यसैगरी कानुन व्यवस्था सम्बद्ध चुनौति र खतरामा अपराधको राजनीतिकरण र राजनीतिको अपराधिकरण गर्ने प्रवृत्ति, कानुनको शासन र संस्कृतिको विकासमा अवरोध, कानुन उल्लंघन गर्ने प्रवृत्ति र दण्डहीनता, अपराधमा आधुनिक प्रविधिको दुरुपयोग, हिंसा र सशस्त्र अपराधमा वृद्धि, संगठित अपराधमा वृद्धि, लागूपदार्थको अवैद्य ओसारपसार, हतियार र विष्फोटक पदार्थको अवैद्य पैठारी, समुदायमा बढ्दो हिंसा, लुटपाट, अपहरण, सफेदपोश अपराध र साइबर अपराध, भ्रष्टाचार, मानव बेचविखन र संकीर्ण साम्प्रदायिकता र क्षेत्रीयतालाई चुनौति किटान गरिएको छ।

सामाजिक–आर्थिक चुनौति र खतरा अन्तर्गत कमजोर अर्थतन्त्र र परनिर्भरता, अशिक्षा, बढ्दो बेरोजगारी र गरीबी, स्वदेशी उत्पादनको न्यूनता, आर्थिक असमानता, जनसंख्या वृद्धि तथा अव्यवस्थित बसाई–सराई, राष्ट्रिय स्रोत र साधनको बाँडफाँड तथा उपयोग र उपयोगमा राष्ट्रिय हितप्रतिको उदासिनता, आर्थिक अपराध र राजस्व चुहावट, बाह्य आर्थिक संकट र विकृतिको प्रभाव, लगानीमा प्रतिकूल प्रभाव पार्ने असुरक्षित वातावरण, औद्योगिक अशान्ति, नागरिक अधिकारको दुरुपयोग, विभिन्न वर्ग, क्षेत्र, जाति र समुदायबीचको द्वन्द्व र सामाजिक सद्भावमा प्रतिकूल असर पार्ने क्रियाकलाप, सामाजिक र नैतिक मूल्यप्रतिको उदासिनता, विपन्न समुदाय र क्षेत्रको लागि आवश्यक सहयोग र स्रोतको न्यूनता, एचआईभीरएड्स, महामारी र अन्य संक्रामक रोगहरुको वृद्धि, संकीर्ण जातीय र क्षेत्रीय प्रवृत्ति र क्रियाकलाप र धार्मिक अतिवादको प्रभावलाई किटान गरिएको छ।

त्यसैगरी विपद् प्राकृतिक स्रोतको क्षति सम्बद्ध चुनौति र खतरामा अव्यवस्थित बसोबास, वन विनाश, प्रदूषण जस्ता मानव सिर्जित समस्याबाट उत्पन्न विपद्, भूकम्प, भूक्षय, बाढी, पहिरो र डुवानजस्ता प्राकृतिक विपद्, प्राकृतिक स्रोतको अव्यवस्थित र अनियमित दोहन, जलवायु र पर्यावरणीय ह्रास, र रासायनिक, विकिरण र प्रविधिजन्य विपद्लाई प्रमुख चुनौति किटान गरिएको छ।

त्यसैगरी अतिवादका कारण उत्पन्न हुने चुनौति र खतरामा अराजकता, असुरक्षा, आतङ्क र अन्योलको कारण समाजमा सृजित त्रास, अवैध हातहतियार, विष्फोटक पदार्थ र लागू पदार्थको ओसारपसारमा आतङ्कवादीको संभावित संलग्नता, पर्यटन लगानी र वैदेशिक मुद्रा आर्जनका क्षेत्रमा अवाञ्छित र गैरकानुनी क्रियाकलापलाई चुनौतिको रुपमा उल्लेख गरिएको छ।

बाह्य घुसपैठ र चलखेल अन्तर्गत अन्तरदेशीय र अन्तरसीमा अपराध, विभिन्न प्रकारका अतिवाद र त्यसबाट उत्पन्न अराजकता, र मुद्रा अपचलन र तस्करीजस्ता क्रियाकलापमा अतिवादीहरुको संलग्नतालाई खतराका रुपमा औँल्याइएको छ।

बाह्य चुनौति र खतरामा खुला अन्तर्राष्ट्रिय सीमाना, सीमा अतिक्रमण, इन्धन र ऊर्जा संकट, क्षेत्रीय सुरक्षा र वातावरण, प्रतिद्वन्द्वात्मक, प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय सुरक्षा वातावरण ९राष्ट्रिय हितहरुको समायोजन, हित वा स्वार्थहरुबीचको अन्तरसंघर्ष र सामरिक प्रतिस्पर्धा० राजनीतिक अस्थिरता, र बाह्य हस्तक्षेपलाई चुनौतिका रुपमा उल्लेख गरिएको छ।

१ असार २०७३, १०।००

वि.सं.२०७३ असार १ बुधवार ११:५२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...