back
NMB ad

भूकम्पपीडितलाई तत्काल दुई लाख नदिए कांग्रेसले आन्दोलन गर्ने !

Kumari bank ad

काठमाण्डौं । नेपाली कांग्रेसले भूकम्पपीडितलाई तत्काल दुई लाख रुपैयाँ दिनुपर्ने र नदिएमा पीडितहरुलाई लिएर जिल्ला जिल्लाबाट आन्दोलनका कार्यक्रम गर्ने भएकोछ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा भूकम्पपीडित जिल्लाका सांसदहरु सहितको बैठकले माग तत्कालै सम्बोधन नगरे संसद अवरोधदेखि पीडितहरुलाई लिएर जिल्ला जिल्लामा आन्दोलन गर्ने निर्णय गरेको हो ।

कांग्रेसले दुई लाख रुपैयाँसँगै कांग्रेस नेतृत्वको सरकारले निर्णय गरेको २ प्रतिशत सहुलियत ब्या्ज दरमा ऋण दिने विषय तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरेको छ।

‘भूकम्पपीडितहरुको नामावलीसमेत राजनीतिक आस्थाका आधारमा हटाउने र राख्ने जस्ता असंवेदनशील काम भएको समेत भूकम्पपीडित जिल्लाहरुबाट सूचना आइरहेको छ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं उपत्यकाका तीन जिल्लाहरु भूकम्पबाट अति प्रभावित जिल्लाहरुमा पर्दछन्। यसका बावजुद यी उपत्यकाका जिल्लाहरुमा भूकम्प पिडितहरुको नामावलीको प्रमाणिकरण समेत भएको छैन।‘

१ असार २०७३, १।००

वि.सं.२०७३ असार १ बुधवार १४:१७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...