back
NMB ad

सुन तस्कर भारतीय, भरिया नेपाली

Kumari bank ad

काठमाण्डौं ।  नेपाली युवालाई भरिया बनाएर भारतीय सुन तस्करले आफ्नो कारोबार चलाइरहेका छन्। केही समययता सुन तस्करीको अभियोगमा नेपाली युवा भारतीय भूमिमा पक्राउ परिरहेका छन्।

भारतीय प्रहरीको अनुसन्धानबाट पक्राउ धैरै नेपाली ‘भरिया’ मात्रै रहेको खुलेको छ। सुन ओसारेको आरोपमा पक्राउ धैरैले आफूलाई यो काममा लगाउने समूह अर्कै रहेको बयान प्रहरीलाई दिएका छन्। उनीहरुले आफू भरिया मात्रै रहेको बयान दिए पनि कानुनी रुपमा प्रमाणित गर्न सकेका छैनन्। प्रभाण दिने छुट्दै आएका छन्।

यस्तै अभियोगमा पक्राउ परेका थिए, झापा ज्यामिरगढीका ३६ वर्षीय एक युवक। नक्सलबाडी नजिकैको जबडा मोडमा मावली घर भएका उनले माध्यमिक तहको पडढाइ उतै बसेर पढेका थिए। त्यसपछि सिलिगुढीमा बसेर उनले उच्च शिक्षा लिन थाले। त्यही बेला मावली ठाउँकै एक चिनारुले उनलाई एउटा सामान नेपाल पुर्याइदिन आग्रह गथरे उनले सहजै स्वीकारे।

‘चिनेको दाईले सामान नेपाल पुर्याइदिन आग्रह गरे। काँकडभिट्टामा भेटौला भनेर मलाई पोका दिए, ६ महिनाअघिको घटना बेलिविस्तार लगाउँदै उनले भने,‘पछि बाघडोग्रामा प्रहरीले ब्यागबाट त्यो पोका खोल्दा म झसंग भएँ।’

उनले आफूले अनाहकमा लामो समय दुःख पाएको बताए। भारतीय नातेदारले उनलाई पोका थमाउने व्यक्ति नै पक्रेर प्रहरीलाई बुझाएपछि उनी छुटे। नागरिक दैनिकमा समाचार छ।

प्रकाशितः २०७३ असार २

वि.सं.२०७३ असार २ बिहीवार १०:१४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...