काठमाण्डौं । साताको अन्तिम दिन आज शुक्रबार सुनको भाउ घटेको छ। साताको पहिलो दिन आइतबारदेखि लगातार उकालो लागेको सुनको भाउ अन्तिम दिन भने तोलामा चार सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ५६ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ। विहिबार सुनको भाउ तोलाको ५७ हजार रुपैयाँ पुगेको थियो।
सुनको भाउ सँगै चाँदीको दस रुपैयाँले सस्तिएको छ। महासंघका अनुसार शुक्रबार चाँदी तोलामा सात सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।
३ असार २०७३, ११।००
वि.सं.२०७३ असार ३ शुक्रवार १२:१० मा प्रकाशित