back
NMB ad

माओवादी केन्द्रमा भद्रगोल, १ हजार ९९ नेता बेरोजगार

Kumari bank ad

काठमाडौं । समान विचार र धारणा राख्ने दल पार्टी एकीकरणको एक महिना नाघ्दा पनि नवघोषित नेकपा माओवादी केन्द्रले पार्टीको कार्यदिशा र पदाधिकारी टुंगो लगाउन सकेको छैन ।

पार्टी एकीकरणपछि भावी दिशा तय गर्न वर्षमान पुन नेतृत्वमा गठित नौ सदस्यीय कार्यदलले काम गर्न नगर्दा सिंगो पार्टी योजनाविहीन बनेको कार्यकर्ताको गुनासो छ ।

पार्टी एकीकरणपछि बनाइएका १ हजार ९९ केन्द्रीय सदस्यलाई के जिम्मेवारी दिने भन्नेबारे अहिलेसम्म कुनै योजना नबनेको एक केन्द्रीय सदस्यले बताए । ‘एकीकरणका बेला नेतृत्व तहले पार्टीलाई एक नम्बर बनाउने घोषणा गरेको थियो,’ उनले भने, ‘अहिलेको अवस्था हेर्दा केन्द्र एक नम्बर हैन, योजनाविहीन हुने अवस्थामा आइपुग्यो।’

विगतमा सँगै काम गरेका अधिकांश समूहसँग एकता गरेको माओवादीलाई अहिले सबैलाई समेट्ने गरी कार्यदिशा तय गर्नै समस्या आइपरेको ती सदस्यले बताए । ‘अधिकांशको पृष्ठभूमि सशस्त्र आन्दोलनबाट मूलधारको राजनीतिमा प्रवेश गरेकाले कतिपयले युद्धको धङधङी छाड्न सकेका छैनन्’, अर्का केन्द्रीय सदस्यले भने। नागरिक दैनिकमा खबर छ ।
प्रकाशितः २०७३ असार ५

वि.सं.२०७३ असार ५ आइतवार ०९:५२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...