back
NMB ad

भारतीय प्रधानमन्त्रीका नाममा सडकका नेपालीले ज्यान गुमाए

Kumari bank ad

काठमाण्डौं ।  आतंकवादी हमलामा परी अफगानिस्तानमा ज्यान गुमाएका १३ नेपालीलाई नेपाल सरकारले तत्काल राहत घोषणा गरेको छ। उनीहरूको शव लिन जहाज पठाएपछि जनस्तर तथा सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दिनभरी वाहवाही पाए। लगत्तै उनी विमानस्थल नै पुगेर दिवंगतप्रति पुष्पअर्पण गरेर राज्यको तर्फबाट मेहनतकस नागरिक प्रति यथोचित सम्मान पनि देखाए। यो घटना केही टाढाको थियो। तर नेपालसँग सीमा जोडिएको भारतको देहरादुनमा ठीक एक महिना अघि१० नेपाली श्रमिक एकै चिहान भएका थिए। ओडार भित्र कोचिएर। तर यो घटना राज्यको जानकारीमा पनि आएन। परिवारको पीडा पनि ओडारमै दबियो, आजको अन्नपूर्णमा चुडामणी भट्टराईले खबर लेखेका छन्।

जाजरकोट, रूकुम, सल्यान र बर्दियाबाट रोजगारीका लागि नेपाली देहरादुन पुगेका थिए। उनीहरूले देहरादुनको त्यूनी तहशिल क्षेत्रको जोडा भन्ने ठाउँमा भारत सरकारको परियोजनामा मजदुरी पाए। भारतीय प्रधानमन्त्रीका नाममा सुरू भएको ‘प्रधानमन्त्री ग्रामिण सडक योजना अन्तर्गत ‘इनोल(चातरा मोटर मार्ग’ मा मजदुरी गर्दै केही साता उनीहरूले देहरादुनको त्युनीमा बिताएका थिए।

भारत सरकार आफैंले निर्माण गरिरहेको यो सडकका लागि ४० भन्दा बढी नेपाली श्रमिक दैनिक ज्यालादारीमा काममा खटाइएका थिए। उनीहरूका लागि सडकछेउमै पाल टाँगेर बासको व्यवस्था मिलाइएको थियो। पहाडी भुभागमा बाटो खन्ने काम त्यसै पनि जोखिमपूर्ण त हो नै। दिनभरी काम गरेपनि रातिको समयमा हुने वर्षाको अत्यास कम पीडादायी हुन्न। जेठ ९ को मध्यरात त्यस क्षेत्रमा ठूलो आँधीबेहरी आयो। मजदुरको बाटो छेउको पाल हावाहुरीले उडाइदियो। ज्यान जोगाउन उनीहरू नजिकको ठूलो ढूंगामुनीको ओढारमा ओत लाग्न पुगे। देहरादुनका स्थानीय नेपाली मुलका भारतीय नागरिक गोरखा इन्टरनेशनल सोसियो कल्चरल फाउन्डेसनका अध्यक्ष सूर्यबहादुर साहीका अनुसार ओढार माथिको ढुंगो ओढारमा बजारियो।

प्रकाशितः २०७३ असार ११

वि.सं.२०७३ असार ११ शनिवार १०:३९ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...