back
NMB ad

ताप्लेजुङमै भेटिएनन् मदन भण्डारी !

Kumari bank ad

नेपालको पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथर र ताप्लेजुङ विभिन्न कारणले प्रख्यात छन् । कृषि, पर्यटन, प्राकृतिक स्रोत, साँस्कृतिक र भाषिक विविधता ती जिल्लाहरुको बिषेशता हुन् । ताप्लेजुङ एकै जिल्लाले बार्षिक अर्बाैंको अलैची निर्यात गर्ने भएकाले ती जिल्लाहरुलाई सबैले अलैंची खेतीका लागि प्रख्यात जिल्ला अर्थात अलैची उत्पादनको हबकोरुपमा नै हेरेका छन् । यतिमात्रै होईन त्यहाँको प्राकृतिक बिबिधता पनि अचम्मैको छ । करिब ५ घण्टाको यात्राका क्रममा पाँच/छ प्रकारको वातावरणको अनुभव गर्न सकिन्छ । कतै घाम लागिरहेछ, कतै कुहिरो लागेको छ, कतै पानी परेको छ, कतै हावा चलेको छ, कतै बादल लागेको छ । कतै अत्यन्तै चिसो छ, कतै गर्मी छ । हरियाली वातावरण सँगै यी सबै खाले वातावरणले सबैको मनलाई आनन्दित पार्दछ । बिभिन्न लेख रचना संचारका माध्यमहरुमा यिनै कुराहरुलाई महत्व दिएर त्यस क्षेत्रको प्रचारप्रसार गरिएको पाइन्छ । इलामको तिनपाते चिया, पाँचथरका राष्ट्रिय विभुति फाल्गुनन्द र ताप्लेजुङको पाथिभरा अनि विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंङ्गा र यस आसपासको क्षेत्र राजधानी काठमाडौमा निकै सुनिन्छ ।

यीनै विशेषतालाई नजिकबाट देख्न, बुझ्न र अनुभव गर्न काठमाडौ देखि ताप्लेजुङ सम्मको यात्रा तय गरियो । यहि जेठ १९ देखि २४ सम्म काठमाडौंलाई कर्म थलो बनाउनु भएका पत्रकारहरु, पर्यटन व्यवसायीहरु, स्थानियस्तरका पत्रकारहरु, भारतबाट आउनु भएका पत्रकारहरुको टोलिले यात्रालाई रोमाञ्चक र स्मरणिय बनायो ।

अझै अर्काे महत्वपूर्ण पाटो के भने २०४७ सालको बहुदलिय राजनितिक व्यवस्थाको पुर्नःस्थापना पश्चात सर्वाधिक चर्चामा रहनु भएका स्पष्ट वक्ता, जनताको बहुदलिय जनवादका सृजनाकार तथा नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको जन्मथलो ताप्लेजुङ जिल्लाको भ्रमण हाम्रा लागि अर्को आकर्षणको केन्द्र बिन्दु थियो । १९ गते काठमाण्डौंबाट धुलिखेल, बर्दिबास हुँदै इलाम सम्मको लामो र थकाई लाग्दो जिप यात्रालाई बेलुकी इलामका स्थानियको आत्मिय स्वागतले बिर्साइदियो ।IMG_2766
भोलिपल्ट बिहानै पाँचथर, फिदीम सम्मको यात्राको शुरुवात गरियो । पूर्वको इलाममा यात्राका लागि प्रसिद्धि कमाएको वाँदरे जिपमा अप्ठ्यारा, उकाला र खाल्डाखुल्डी पनि सजिलै उक्लने यो दोस्रो विश्वयुद्धताका बनाइएका ल्याण्ड रोभर बाँदरे जिप भनेर नामाकरण त्यसै गरिएको होईन रहेछ भन्ने लाग्यो । जस्तोसुकै अप्ठ्यारो कच्चीबाटो पनि त्यो बाँदरे जीपले सहजै यात्रा गराईदिने रहेछ ।krishnahari and kumar

तीन घण्टाको फिदीम सम्मको यात्रामा बाटोको अवस्था हेर्दा प्रसिद्ध माईपोखरी, हिलेहाङ दरबार, राष्ट्रिय विभूति फाल्गुनन्दको समाधिस्थल सम्मको हाम्रो यात्रा यि जिपहरुले नै सम्भव बनाए ।

सम्म फाँटमा लमतन्न परेर सुतेजस्तो लाग्ने फिदिम बजार पुग्नु अगावै रमिते डाँडाबाटै देख्दा हामी सबैको मन प्रफुल्लित थियो । दिउँसै पुगेकाले केही समय बजार घुम्न पाईने अवसर हामीलाई जुर्यो । स्थानिय राजनितिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवाहरु, सरकारी कर्मचारीहरुसँगको छलफलले विकासप्रतिको उहाँहरुको चाहना स्पष्ट झल्कन्थ्यो । आन्तरिक र बाह्य पर्यटकहरुलाई जिल्लामा स्वागत गर्न गुरु योजना नै बनाएर सबै लागिपरेको देख्दा उहाँँहरुको जाँगरको सबैले सलाम गर्नै पर्दछ ।

त्यसपछि पुस्पलाल (मध्यपहाडी) लोकमार्गमा बाँदरे गाडी दौडाउँदै ताप्लेजुङ हानियौं । १० बजे यात्राको शुरुवात गरेपनि ४ बजे ताप्लेजुङ बजार पुगिसकेका थियौं । लिम्बु, शेर्पा, गुरुङ, तामाङ जातिको बिभिन्न भेषभुषा र पहिरनमा सजिएका स्थानिय आमा समुह र साँस्कृतिक समुहको स्वागत साह्रै मन प्रफुल्लित पार्ने खालको थियो ।

IMG_4090 फोटो पत्रकारहरु पनि निकै लोभिएका उहाँहरुको क्यामरा घुमाईले देखिन्थ्यो । स्थानीय भेषभुषमा सजिएकाहरुसँगै टाँसिएर क्यामरा घुमाई घुमाई पत्रकारहरुले फोटो खिचिरहनुले पनि सबैले सहजै अनुमान गर्न सकिन्छ, त्यहाँको प्रस्तुति र भेषभुषा साह्रै मनमोहक थियो ।

चांैरीका दुधबाट बनाईएका छुर्पी, कालो सुन भनेर चिनिने अलौंची, ताप्लेजुङको फुङलिङ बजारमा घुम्न जानेहरुका लागि आकर्षकका बस्तुहरु हुन् । ताप्लेजुङ सम्मको सहज यातायातको सुविधाले ताप्लेजुङ सदरमुकामलाई सजिलै काठमाण्डौंसम्म जोडेको छ । अब यो जिल्ला नेपालको विकट, दुर्गम, पुग्नै नसकिने जिल्ला रहेन । पाथिभरा मन्दिरले हजारौं नेपाली तथा भारतिय तिर्थयात्री लाई आकर्षण पारेकाले ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा होटलको संख्यामा पनि निकै बृद्धि भएको पाईन्छ । कञ्चनजंगा आधार शिविर सम्मको पदयात्राका लागि आउने बिदेशी पर्यटकहरुका लागि समेत सुबिधासम्पन्न होटलहरु निर्माण सम्पन्न भएको पाईन्छ । निर्माणकै क्रममा रहेकोले शहर अझै व्यवस्थित हुन बाँकी छ ।

दुई घण्टाको बाँदरे यात्रा र तिनघण्टाको उकालो पछि सर्वाधिक चर्चामा रहेको पाथिभरा मन्दिर पुगिन्छ । हामी पनि यात्रा तय गर्दै पाथिभरा देवीको मन्दिरसम्म पुग्यौं । मन्दिर आफैमा कलात्मक नभएपनि पाथिभरा देवीको मुर्ति र त्यहाँँबाट देखिने मनोरम दृश्य साह्रै लोभलाग्दो छ ।

जुनसुकै ठाउँमा घुम्न योजना बनाउँदा आन्तरिक वा बाह्य पर्यटकले निश्चित आशा र अपेक्षा लिएका हुन्छन् । पर्यटकलाई आकर्षण गर्ने मूलतः सस्कृति, प्रकृति र मानव निर्मित भौतिक संरचना नै हुन् । त्यसको अलवा मदन भण्डारीको जन्मस्थल र उनको घर आफैंमा आकर्षणको केन्द्र बन्न सक्दछ । फुङलिङबाट ढुंगेसाँघु पुग्ने बाटो अझै सहज नभएको जानकारी स्थानियले दिए । स्व. जननेता मदन भण्डारी जन्मिएको गाउँ पुग्ने इच्छा समय अभावको कारणले पुरा गर्न सकिएन ।

मदन भण्डारीको ६५ औं जन्म दिवस काठमाण्डौंमा निकै धुमधामसँग मनाईयो । समाजले चिनेजानेका व्यक्तित्वहरुलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण गरियो । जनताको बहुदलिय जनबादको पक्षमा निकै शव्दहरु खर्च गरेको पाईयो फेसबुक, सामाजिक सञ्जालहरुमा श्रद्धाञ्जली शव्दहरुले निकै स्थान पाए ।

२ दिनको ताप्लेजुङको बसाई भएतापनि जनताका लोकप्रिय नेता स्व. मदन भण्डरी जन्मेको गाउँ ढुङ्गेसाँघु सम्मको यात्रा तय गर्न सकिएन । तैपनि ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा जननेता स्व. मदन भण्डारीको सालिक खोज्यौं कतै भेटिएन । मदन भण्डारीको नाममा कुनै चोकको नामाकरण गरिएको छ कि भनेर खोज्यौ तर भेटिएन, कुनै सडकको नाम मदन भण्डारी राखिएको छ कि भनेर खोज्यौ त्यो पनि भेटिएन ।

काठमाण्डौंमा मदन भण्डारीको नाममा निकै संस्थाहरु छन् । ताप्लेजुङमा जन्मिएर राजधानी केन्द्रित व्यक्तिहरु थुप्रै भेटिन्छन् । तर उहाँ आफैं जन्मिएको ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा मदन भण्डारी कँहि भेटिएनन् । मदन भण्डारीको नाममा केन्द्रमा खोलिएका अध्ययन केन्द्र, प्रतिष्ठान, पुस्तकालय वा विद्यालय, महाविद्यालयका कुनै पनि संस्था शाखा कार्यालयहरु देखिनेगरि भेटिएनन् ।

ताप्लेजुङ सदरमुकाममा स्व. मदन भण्डारीको नाममा पार्क,अध्ययन केन्द्र या अरु कुनै चिज होला भन्ने लागेको थियो तर केहि भेटिएन ।

यदि ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा स्व.जननेता मदन भण्डारीलाई सम्झाउने कुनै प्रतिबिम्ब हुन सके पर्यटकीय दृष्टिले उनी एक अर्काे महत्वपूर्ण पात्र हुन सक्थे । सबै नेपाली जनताका प्रिय नेताको बारेमा अध्ययन गर्ने स्थलको रुपमा ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारलाई विकास गर्न सकिन्थ्यो । त्यतिमात्रै नभई मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको विश्वकै अध्ययन केन्द्र ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार हुनसक्थ्यो ।

(लेखक नेपाल रष्ट्रिय पर्यटन व्यवसायी संगठनका सचिव हुन् ।)

 

प्रकाशित मिति ः २०७३ असार १९

वि.सं.२०७३ असार १९ आइतवार २०:०९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...